१२ बैशाख २०८१, बुधबार
Follow Us

भरतपुर–१९ मा पहिलेभन्दा २६ मत कम खस्यो

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७४, शुक्रबार १३:००

चितवन । भरतपुर–१९ मा पुन मतदान सम्पन्न भएको छ । मध्यान्न १२ बजेसम्ममा नै ५० प्रतिशत मत खसेको उक्त वडामा झन्डै ३ बजेसम्म मतदान सम्पन्न भइसकेको थियो । यद्यपि साँझ ५ बजेसम्म पर्खनु पर्ने बाध्यता थियो । ५ बजेपछि तीनवटै बुथका निर्वाचन अधिकृतले मतदान सम्पन्न भएको औपचारिक जानकारी सञ्चारकर्मीलाई दिएका थिए । भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता रहेका छन् । आज भएको पुन मतदानमा २ हजार ८ सय ७१ मत खस्यो । यो मत पहिलाको भन्दा २६ मत कम हो ।