१२ बैशाख २०८१, बुधबार
Follow Us

बेल्वा तराई—मधेशमा पहिलो बालमैत्री वडा

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७४, शुक्रबार १४:३८

पर्सा । प्रदेश नम्बर २ अन्तर्गत पर्सा जिल्लाको तत्कालीन बेल्वा गाविस तराई मधेशकै पहिलो बालमैत्री स्थानीय तह हुने भएको छ । सो गाविसलाई बालमैत्री घोषणाको कार्य अन्तिम चरणमा पुगेको छ । तर स्थानीय तहको नर्बाचनका कारण घेषणाको मिति पछि धकेलिएको छ । प्रदेश नम्बर दुई अन्तर्गत पर्ने पर्सा जिल्लामा आगामी अशोज २ गते स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ ।
‘बालमैत्री स्थानीय शासन सम्बन्धी प्रायः सबै सूचक पुरा भएको अवस्था छ ।’ जिल्ला समन्वय समिति पर्साका बालमैत्री स्थानीय शासन फोकल पर्सन शम्भू कुशवाहका अनुसार घोषणाका लागि भदौ २९ को समयसीमा तोकिए पनि पौषसम्ममा बालमैत्री घोषणा गरिने छ । तत्कालीन बेल्वा गाविस स्थानीय तहको पुनर्सरचना पछि बेल्वा गाउँपालिकाको वडानम्बर ७ र ४ मा परेको छ । सिंगै गाउँपालिका नभए पनि अव वडा घोषणा गरिने कुसवाहले बताए ।
बालमैत्री स्थानीय शासन घोषणा हुन नेपाल सरकारले तोकेको मापदण्ड अनुसार ३९ सूचक पुरा गरेको हुनु पर्दछ । ती सूचकहरुमा बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता पर्दछन् ।
मीेरेष्ट नेपालको आयोजनामा बालमैत्री स्थानीय शासन र बालभेला नामक बृत्तचित्र प्रदर्शनी तथा सरोकारवालासंगको छलफलक कार्यक्रममा युनिसेफ नेपालकी क्षेत्रीय प्रमूख अनिता दहालले बेल्वा गाउँपालिका नमूना हुने बताईन् ।
कार्यक्रममा युनिसेफका कार्यक्रम अधिकृत माधब बरालले खुला दिशामूक्त अभियान, बाल बिबाह जस्ता बिषयमा जनजागरण ल्याउन स्थानीय संघसंस्थाको महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रममा स्थानीय तहका कर्मचारीहरु, वडा नागरिक मन्चका पदाधिकारी, बाल कल्याणकारी समिति तथा शिक्षा र स्वास्थयका प्रतिनिधिहरुको उपस्थिति थियो ।
प्रदेश नम्बर दुइका सकै जिल्लामा स्थानीय तहको निर्बाचनको चहलपहल भईरहेकोमा यहाँ भने बालमैत्री स्थानीय शासनसम्बन्धी सूचक पुरा गराउन सबै राजनीतिक दल र सरोकारवालाहरु भ्याई नभ्र्या लागि परेका छन् ।