१२ बैशाख २०८१, बुधबार
Follow Us

गीतकार मनकुमारको ‘मनको सागर’

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७४, शुक्रबार १४:५१

काठमाडौं । गीत तथा गजलकार मनकुमार लिम्बू ‘पारघारी’ एकल गीति एल्बम ‘मनको सागर’ लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । मनकुमारको उक्त एल्बमलाई राजधानीमा कार्यक्रमबिच सार्वजनिक गरिएको हो ।
तेह्र्रथुमको छथरमा जन्मिएका गीतकार मनकुमारले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेपछि भने, ‘सानैदेखिको मेरो एउटा रहर र इच्छा पूरा भएको महसुश भएको छ ।’ उनले स्कुल पढ्दैदेखि गीत तथा गजलहरु लेख्ने गरेको सुनाए । उनले भने, ‘मेरो गीति तथा गजल सिर्जनाहरु विभिन्न पत्रपित्रका तथा सञ्चार माध्यमबाट प्रकाशन एवं प्रसारण भइसकेको छ । तर, एल्बमका रुपमा ‘मनको सागर’ यहाँहरुमाझ प्रस्तुत गर्न पाउँदा एकदमै खुसी छु ।’
बुद्धिसागर खजुम निर्माता रहेको मनकुमारको एल्बम ‘मनको सागर’मा आठ वटा गीत समावेश छन् । जसमा सात वटा गीतमा गायक तथा संगीतकार कृष्णभक्त राईको संगीत रहेको छ भने एक गीतमा अनुज कुलुङले संगीत गरेका छन् ।
एल्बममा ख्यातीप्राप्त गायक÷गायिकाले स्वर दिएका छन् । एल्बममा पञ्च है कन्या, बल्ल चिने जिन्दगी, हिमाल हाँस्छ, कर्मैले डो¥याई, पानी भर्ने पधँरी, खोली बिस्र्यो, विषलाई पनि र अमृतमा बिष तिमीजस्ता बोलका गीत छन् । जसमा राजेशपायल राई दीपक लिम्बू, मेलिना राई, मनु नेम्बाङ, शमिर सिंघक, भमी थापामगर, बिबि लिम्बू र कृष्णभक्त राईले स्वर दिएका छन् ।
गीत तथा साहित्य लेखनमा रुचि राख्दै आएका मनकुमारले आगामी दिनमा पनि गीतिकारितालाई निरन्तरता दिने बताए । उनले भने, ‘गीत तथा गजल लेख्नु मेरो रुचि हो । एक कुसल गीतकारको रुपमा चिनिनु मेरो लक्ष्य छ ।’