११ बैशाख २०८१, मंगलवार
Follow Us

श्रीमतीको हत्या आरोप

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७४, शनिबार ०५:४७

रामपुर । पूर्वखोला गाउँपालिका–५ जोगीढुंगाका रनवीर दमाईंलाई कोदालाको पासोले हानेर श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ ।
दमाईंले ४० वर्षीया श्रीमती सुकमाया परियारलाई हानेर हत्या गरेको आरोप जिप्रका पाल्पाले लगाएको छ । रक्सीले मातेका दमाईंले सामान्य घरायसी झगडामा शुक्रबार राति करिब १० बजे सो वारदात गरेको जिप्रका पाल्पाका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिनुभयो ।
दमार्इंले सधैँ रक्सी सेवन गरेर श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आइरहेको स्थानीयवासीले बताएका छन् । अभियुक्त दमार्इंलाई अहिले प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ ।