१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस सभापति कंडेलमाथि टोकियोमा आक्रमण

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७४, शनिबार १०:२२

लण्डन । जापानस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिका सभापति डिपी कंडेल माथि सांघातिक आक्रमण भएको छ । एनआरएन जापानको आसन्न निर्वाचनको तयारीको लागि सिन्जुकोस्थित नेपाली गजल रेष्टुरेन्टको एक भेलामा कंडेलले सम्बोधन गर्नेक्रममा टासी लामा समूहले आक्रमण गरेको हो । लामा एनआरएन जापानका उपसभापति तथा गैरआवासीय नेपाली संघ जापानको निर्वाचनमा अध्यक्षका लागि प्रत्यासी समेत हुन् ।

शुक्रवार साँझ भएको सो आक्रमणको नेपाली जनसम्पर्क समिति जापानले पुष्टि गरेको छ । नेपाली जनसम्पर्क समिति जापानका महामन्त्री राम कार्कीले कंडेल माथिको आक्रमणको निन्दा गर्न शनिवार एक भेलाको आयोजना गरिएको जनाए । आक्रमणको बेला जनसम्पर्क समिति जापानका उपसभापति राजेन्द्र जम्मरकट्टेल र सुरेश गिरी समेत प्रत्यक्षदर्शी थिए ।