८ बैशाख २०८१, शनिबार
Follow Us

चन्द्रागिरिमा भारतीय चर्चित अभिनेता सुनिल शेठ्ठी

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७४, शनिबार ११:१८

काठमाडौं । भारतका चर्चित अभिनेता सुनिल शेट्टीले शनिबार चन्द्रागिरिको भ्रमण गर्नुभएको छ । भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यको पनि अवलोकान गर्नु भयो । अनौपचारिक भ्रमणका लागि नेपाल आएका सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनु भएको थियो ।
शेट्टीले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिदै काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेका ेबताउनु भयो । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिनुभयो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।