८ बैशाख २०८१, शनिबार
Follow Us

प्रहरी कार्यालय अगाडि सडकको खाल्डोमा जमेको पानीमा डुबेर एकै घरका चार बालिकाको मृत्यु

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७४, शनिबार १३:०९

रौतहट । रौतहटमा खाल्डोमा जमेको पानीमा डुबेर चारजना बालिकाको मृत्यु भएको छ । खेतमा घाँस काटेर घर फर्कनेक्रममा गरुडा नगरपालिकास्थित इलाका प्रहरी कार्यालयअगाडि सडकछेउको खाल्डोमा जमेको पानीमा डुबेर सोही नगरपालिकाकी १२ वर्षीया संगीताकुमारी साह, ९ वर्षीया सुनिता साह, ९ वर्षीया सुनैना साह र ९ वर्षीया सुस्मिता साहको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गरुडाकाअनुसार मृत्यु भएका चारैजना एकाघरका हुन् । उनीहरु तीन दाजुभाइका छोरी भएको जनाइएको छ । प्रहरी कार्यालयनजिकै भएको घटनामासमेत प्रहरीले उद्धार गर्न ढिलाइ गरेको स्थानीयले आरोप लगाएका छन । सडक निर्माण कम्पनीले खनेर छाडेको खाल्डोमा पानी जमेको र त्यही खाल्डोमा बालिकाहरु परेको जनाइएको छ ।