१३ बैशाख २०८१, बिहीबार
Follow Us

यसरी समायो प्रहरीले पाँच वर्षे बालकको अपहरणकारीलाई

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७४, शनिबार १४:२४

काठमाडौं । पाँच वर्षीय बालक बिशाल चौधरीको अपहरण गर्ने दुई अपराधिलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीमा साउन बाह्र गते बालकको अपहरण गरेर फरार भएका दुई अपराधिलाई साउन बीस गते प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा दुवै रामेछाप मन्थलीका २६ वर्षीय राजु विश्वकर्मा र विष्णु पाण्डे रहेका छन । अपहरण कार्यमा संलग्न मुख्य योजनाकार राजु विश्वकर्मालाई उदयपुर गाईघाटबाट र विष्णु पाण्डेलाई रामेछाप, मन्थलिबाट जिल्लास्थित प्रहरीको सहयोगमा महानगरिय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको हो ।

अपहरणमा संलग्न मुख्य योजनाकार बालकका बाबु बिजय चौधरीको साथि राजु विश्वकर्मा रहेका छन । अपहरणकारी राजु विश्वकर्माले विगत एक महिनादेखि अर्का अपहरणकारी विष्णु पाण्डेसंगको मिलेमतोमा बालकको अपहरण गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार अपहरणको मुख्य उद्देश्य आर्थिक प्रलोभन देखिएको छ । अपहरण गरेको दुई दिनमा अपहरणकारी राजु विश्वकर्मा र विष्णु पाण्डेले बालकको अभिभावकसंग पचास लाखको फिरौतिको माग गरेका थिए ।

अपहरणमा परेको बालकलाई चार दिनसम्म काठमाडौंको काँडाघारीमा अपहरणकारी बिष्णु पाण्डेको बहिनी अनिता केसीको डेरामा राखिएको थियो । तर पक्राउ पर्ने डरमा अपहरणकालिले अपहरण गरेको पाच दिनपछि बालकलाई काडाघारीबाट नै सकुशल उद्धार गरिएको थियो । बालकलाई उद्धार गरिएको पाच दिन लगत्तै अपहरणकारी पक्राउ परेका हुन । अपहरणकारी पक्राउ परेपछि परिवारले कडा कारवाहीको माग गरेका छन् ।

प्रकाउ पर्ने दुबै अपहरणकारीलाई थप अनुसन्धानका लागि अहिले महानगरिय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पछिल्लो समय अपराधिहरुले चिनजानको मानिसहरुलाई नै आफ्नो अपराधको केन्द्र बनाउन थालेका छन । अपराधिको संजालबाट बच्न सबै व्यक्ति तथा अभिभावक सचेत हुनुपर्ने प्रहरीको सुझाव छ ।