१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रा. सुवेदीद्वारा डा. गोविन्द केसीप्रति ऐक्यबद्धता

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७४, शनिबार १४:५१

ग्लोबल पोलिसी फोरम नेपालका अध्यक्ष तथा ब्रिटेनस्थित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य सुवेदीले डा. गोविन्द केसीका मागहरु तत्काल पुरा गर्न नेपाल सरकारलाई आह्वान गरेका छन्।
शनिबार एक विज्ञप्ती जारी गर्दै प्रा. सुवेदीले डा. केसीले जारी राखेको अभियान नेपाल र नेपालीको सर्वोत्तम हितमा भएको बताए। “उहाँले नेपालमा उच्च शिक्षाको व्यवस्थापन र प्रशासनलाई राजनीतिमुक्त बनाउन खोज्नुभएको छ,” उनले भने।
“उच्च शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपले गर्दा नेपालमा उच्चशिक्षाको गुणस्तर नराम्रोसंग प्रभावित भएको छ। नेपालको आर्थिक विकासकालागि गुणस्तरीय शिक्षा एक पूर्व शर्त हो। त्यसैले डा. केसीका मागहरुलाई संबोधन गरेर नेपालमा उच्च शिक्षाको भविष्यकाबारे एउटा वृहत् पुनरावलोकन गर्न आवश्यक भैसकेको छ,” प्रा. सुवेदीले आफ्नो वक्तव्यमा भनेका छन्।
विश्वभरि छरिएका नेपाली प्राज्ञहरुको संस्था, ग्लोबल पोलिसी फोरम नेपाल, ले हालै ब्रिटेनको लिभरपुलमा एक कार्यक्रम गरी नेपालमा नयाँ संविधानको कार्यान्वयनका चुनौतीहरुबारे छलफल गरेको थियो।