१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्रीको शपथ बिहीबार अपराह्न

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७३, बुधबार १६:००

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथ बिहीबार गराउने तयारी गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि अपराह्न ३ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिनुभयो ।व्यवस्थापिका–संसद्मा आज भएको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।