१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जापान कांग्रेस सभापति माथि कुटपिट विवाद मिल्यो (खण्डन सहित)

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७४, शनिबार १५:१३

लण्डन । जापानस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष डिपी कँडेल माथि शुक्रवार भएको कुटपिटको विवाद मिलेको छ । शनिवार साँझ कँडेल पक्ष र टासी लामा समूहको टोकियोमा सम्पन्न बैठकमा लामाले कँडेल समक्ष माफी मागे पछि विवाद अन्त्य भएकोे हो ।

बैठकले यसअघि नेपालब्रिटेन डट कममा प्रकाशित समाचारको खण्डन गर्दै घट्नालाई छोपछाप पार्ने प्रयास समेत गरेको छ । बैठक पछि जनसम्पर्क समितिका सभापति कँडेलले एक विज्ञप्ति मार्फत घट्नालाई अतिरन्जित गरिएको जनाएका छन् ।

बिज्ञप्तिमा ‘उपरोक्त सम्बन्धमा आज मिति २०१७/८/५ तारिक शनिवारको दीन जनसम्पर्क समिति जापानको सभापति डिपी कँडेल माथी टोकीयो मा आक्रमण भन्ने समचारमा यस जनसम्पर्क समिति जापानको महामण्त्री राम कार्की नाम उल्लेख गरी प्रकाशित समचारप्रति हाम्रो गम्भीर ध्यन् आर्कषण भएको उल्लेख छ।’

विज्ञप्तमा ‘संगठन भित्रको आन्तरिक छलफल लाई अतिरंजित गरि गलत सन्देश फैलाउने मनसायले प्रकाशित गरेको समचारको नेपाली जनसम्पर्क समिति जापान खण्डन गर्न चाहान्छौं भनिएको छ ।’

बिज्ञप्तिमा ‘जापानमा यतिबेला गैरआवासिय नेपाली संघ एन आआर एन एको नजिकिदो अधिवेसन संगै आसन्न नेपाल फेष्टीवल तथा अन्य बिभिन्न कार्यक्रमको तयारीमा समग्र जापानवासी नेपालीहरू एकजुट भएर तयारी गरिरहेको अबस्थामा जापानका नेपाली समुदाय र संगठनकमा फुट ल्याउने नियतले प्रकाशित समचार प्रति घोर भर्त्सना गर्दै गलत नियत र समाजमा भ्रम फैलाउन नदिन संचार माध्यम हरूमा हार्दिक अनुरोध गर्दछौं’ भनिएको छ ।

यसअघि नेपाली जनसम्पर्क समिति जापानका महामन्त्रि राम कार्कीले सभापति कँडेल माथि लामाले र्दुव्यवहार गरेको सम्बन्ध भन्दै आपतकालीन बैठक ठाकिएको पत्रका आधारमा नेपालब्रिटेन डट कमले समाचार प्रकाशन गरेको थियो ।