१५ चैत्र २०८०, बिहीबार
Follow Us

लेक लागेर वडाध्यक्षको मृत्यु

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७४, आईतवार ०८:४७

भीमदत्तनगर । बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कर्णबहादुर बमका अनुसार वडाध्यक्ष बोहराको लेक लागेर शनिबार राति ८:३० बजे बाटामा मृत्यु भएको बताउनुभयो ।
बोहराको शव हेलिकप्टरको सहायताले अछाम ल्याउन पहल भइरहेको छ । गत असार १४ स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित बोहरा तरुण दल अछामका उपाध्यक्षसमेत हुनुहुन्थ्यो ।