१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल पर्वतारोहण संघको अध्यक्षमा सन्तवीर लामा

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७४, आईतवार ०८:५५

काठमाडौं । नेपाल पर्वतारोहण संघको अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनको मतगणनाको परिणाम आज बिहान सार्वजनिक भएको हो । लामा निर्वाचनमा तीन सय ८३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी जिङ्बाजाङ्बु शेर्पाले ३ सय १६ मत प्राप्त गरेका छन । संघको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह, द्वितीय उपाध्यक्षमा माया शेर्पा र महासचिवमा कुलबहादुर गुरुङ निर्वाचित भएका छन् ।

सचिवमा टीकाराम गुरुङ र कोषाध्यक्षमा सुदर्शन न्यौपाने विजयी भएका छन् । सदस्यहरुमा प्राध्यापक डाक्टर हरिप्रसाद श्रेष्ठ, विनय शाक्य, पासाङटेण्डी शेर्पा, सञ्जीव गुरुङ, सिंगी लामा, मिङ्मार शेर्पा, तुलसी गुरुङ, दा गेल्जे शेर्पा र आङछेवाङ शेर्पा विजयी भएका छन् । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ सदस्य निर्वाचित भएका छन् ।

तीन वर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमितिमध्ये संस्थागत र आरोहीतर्फबाट पाँचजना निर्विरोध निर्वाचित भइसकेका छन् भने तीन सदस्य मनोनित हुने ब्यवस्था छ ।