६ बैशाख २०८१, बिहीबार
Follow Us

निर्वाचनमा भाग लिने नलिनेबारे राजपाले आज निर्णय गर्ने

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७४, आईतवार ०८:५८

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रिय समितिको बैठक आजवाट काठमाडौंमा हुँदैछ । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागि हुने या नहुने विषयमा औपचारिक निर्णय लिनका लागि केन्द्रिय समितिको बैठक बस्न लागेको हो ।

चार दिन लामो पदाधिकारी बैठकले चुनावमा सहभागि हुने या आन्दोलनमा जाने निर्णय गर्न नसकेपछि यो विषय केन्द्रिय समितिमा छलफल हुन लागेको हो । केन्द्रीय पदाधिकारीको बैठकमा चुनावमा जाने कि नजाने विषयमा मत बाझिएपछि त्यसको अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई दिएको छ ।

राजपाका नेताहरुले चुनावका बारेमा पदाधिकारीहरुले राखेका कुरा केन्द्रीय समितिमा प्रस्तुत गरिने र छलफल गरी आवश्यक निर्णय लिइने बताएका छन् । केन्द्रीय कार्यसमतिको बैठकमा पार्टीसम्बद्ध वर्गीय संगठनका केन्द्रीय अध्यक्ष र पार्टी जिल्ला अध्यक्षमण्डलका अध्यक्षलाई समेत आमन्त्रित गरिएको छ ।