१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सबै एकजुट भई अघि बढ्नुपर्ने : महामन्त्री कोइराला

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७४, सोमबार ०४:२३

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विकासमा सबै एकजुट भई अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी निर्वाचित जनप्रतिनिधिलाई नवलपरासीको देवचुली नगरपालिकामा आइतबार आयोजित सम्मान तथा समीक्षा कार्यक्रममा महामन्त्री कोइरालाले सो कुरा बताउनुभएको हो ।
सोही अवसरमा उहाँले स्थानीय तहको बाँकी २ नं प्रदेशको निर्वाचनबाट नेपाली काँग्रेस पहिलो पार्टी बनेर मुलुकको विकासलाई अगाडि बढाउने उल्लेख गर्नुभयो ।
महामन्त्री कोइरालाले अब स्वदेशमै रोजगारीको सिर्जना गरी लाखौँ युवालाई रोजगारी प्रदान गर्ने योजना बनाउन लागेको बताउनुभयो ।
कार्यक्रममा डा कोइरालाले जनप्रतिनिधिले योजना बनाउँदा किसानको परिवारलाई मध्यनजर गरेर योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।