४ बैशाख २०८१, मंगलवार
Follow Us

युवाको कथामा आधारित चलचित्र उल्झन निर्माण हुने

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७४, सोमबार १०:११

लण्डन । एउटा सपना बोकेर बिदेशिएको युवा,उसले भोगेका पीडा र पाएका सफलता र यसले परिवार र समाजमा उत्पन्न दरारलाई मुख्य कथाबस्तु बनाएर चलचित्र उल्झन निर्माण गरिने भएको छ ।
राजु अधिकारीको निर्देशनमा बन्न लागेको उक्त चलचित्रको सोमबार काठमाण्डौमा एक समारोहको आयोजना गरी शुभ मुहूर्त गरियो र छायांकन पनि सोमबार देखि नै शुरू गरिएको छ ।
तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको उक्त चलचित्रमा रजनी केसी, ध्रुब दत्त, बेनी ढुङ्गाना ,दीपक ढकाल र रामचन्द्र अधिकारी लगाएतका कलाकार हरुको अभिनय रहने छ ।

लक्ष्मण अधिकारी छायांकन रहेको उक्त चलचित्रको निर्माता हरुमा सन्तोष अधिकारी, हरी कार्की र कार्यकारी निर्माता हरुमा नविन अधिकारी र नारायण ढुङ्गाना रहनु भएको छ ।

नेपाल र बेल्जियममा छायांकन हुने सो चलचित्रमा हीरामणि न्यौपाने र दिनेश गौतमको संगीत , कुमार महर्जनको द्वन्द्व र शिव बिकको नृत्य रहेको छ ।