८ बैशाख २०८१, शनिबार
Follow Us

‘४५ हजार डलर गुपचुप पार्ने एनआरएन क्यानाडाको खेल’

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७४, सोमबार १०:३३

लण्डन । गैरआवासीय नेपाली संघ क्यानाडाले सदस्यताबाट संकलित करिब ४५ हजार डलर गुपचुप पार्ने रणनिती बनाएको छ । यही शनिवार गैह्रआवाशिय नेपालीहरुको संगठन एनआरएन क्यानडाको दशौ साधारण सभाले आइसीसी सदस्यको निर्वाचन नगरि संकलित सो रकम केन्द्रमा नबुझाइ आफैले गुपचुप पार्न लागेको हो ।

एनआरएन क्यानाडाको एक पदाधिकारीका अनुसार ३ हजार सदस्य हुदाँ धेरै रकम केन्द्रमा दाखीला गर्नु पर्ने भएको भन्दै १ हजार सदस्य मात्र देखाएर बाँकी पैसाँ आफैले राख्ने योजना अनुरुप आइसीसी सदस्यको निर्वाचन गरिएन् ।

संघको विद्यानअनुरुप आइसीसी सदस्य अनिवार्य रुपमा साधारणसभाबाटै निर्वाचित भएर आउनु पर्ने बैधानिक व्यवस्था छ । स्रोतका अनुसार एनआरएन केन्द्रीय पदाधिकारीहरुले समेत आइसीसी सदस्यको निर्वाचन अनिवार्य गर्नु पर्ने वाध्यात्मक व्यवस्था रहेको जनाकारी दिएका थिए तर ठूलो रकम केन्दमा जाने अवस्था देखेर आइसीसी सदस्यको चयन गरिएन् । विद्यानत अब एनआरएन क्यानाडाले आइसीसीमा प्रतिनिधी पठाउन पाउने छैन् ।

संघको केन्द्रीय निर्देशन बमोजिम एनआरएन क्यानाडाले प्रतिसदस्य १५ डलर अनिवार्य आइसीसीमा बुझाउनु पर्ने छ अन्यथा संघको अक्टोवरमा हुने केन्द्रीय अधिवेशनमा भाग लिनबाट बन्चित हुने छ ।

अधिवेशनका प्रमुख अतिथि क्यानडा र क्यूवाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले पानशमा द्धिप प्रज्वलित गरी कार्यक्रमको समुद्घघाटन गर्नु भयो । तीन चरणमा सन्चारलित उक्तकार्यक्रमका अतिथिहरुमा आइसिसि सदस्य डाक्टर सारा क्षेत्री क्यानडाका लागि कल्चरलदूत पूर्ण नेपाली हुनुहुन्थ्यो ।

कार्यक्रममाआइसिसि सदस्य सारा क्षेत्रीले एनआरएनले नेपालमा गरेका लगानी र भूकम्प लगाएत प्राकृतिक प्रकोपमा पुर्याएको सहयोगको जानकारी गराउनु भयो । हाम्रो सिप र साधनलाई पनि मात्रृ भूमीमा पोख्नु पर्ने कुरा औंल्याउनु भयो । नेपाल सरकारले गैह्रआवासिय नेपालीहरुलाई दिने सेवा सुविधाहरुको बारेमा प्रष्टपार्दै द्वेध नागरिकता सम्बन्धी नियमकानून चाँडेबनुन र सुविधाहरु प्राप्त हुन भनी राजदूत पोखरेलले कामन गर्नु भयो ।

एनआरएनका अध्यक्षत तुलसी सापकोटाले सभाध्यक्षको मनतव्य राख्ने क्रममा दुई बर्षे कार्यकाल सफल भएको र यसकालागी सबैको एकता नमूना योग्य रहेको थियो भन्नु भयो । सल्लाहकार मुगा राजभण्डारीले श्वागत गर्नु भयो भने एनआरएनका उपाध्यक्ष दिपक श्रेष्ठले सबै पाहुना एवं सहभागीहरुलाई धन्यवाद दिनुभयो । पहिलो चरणको का्यक्रम लता खनालले संचालन गर्नु भएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा एनआरएन क्यानडाका उपाध्यक्ष तथा भाषा साहित तथा प्रकाशन विभागका प्रमुख सुरेन उप्रेतीले भाषाको महत्वका बारेमा प्रकाश पार्नु भयो । कुनै पनि जातिवा भाषीको अन्त्य गर्नु छ भने त्यसले वोल्ने भाषालाई लोप गराउनु पर्छ । भाषा लोप भयो भने भाषा साहित्य कला संस्कृति संस्कार र परंपराहरु लोप भएर जान्छन् । अहिले दार्जिलिङमा पनि भाषा माथि आक्रमण गरेर नेपाली भाषीहरुलाई लोप गराउने प्रयाश हुँदैछ । हामीले हाम्रो भाषालाई लोप हुन नदिन घर घरमा नेपाली भाषा वोल्नु पर्छ भन्नु भयो ।

संयोजक उप्रेतीले क्यानडामा २२ वटा नेपाली भाषा कक्षाहरु संचालन हुँदै गरेको कुरा जानकारी गराउँदै ती भाषा कक्षाहरुमा पाठ्यक्रम र पाठ्यपुस्तक नहुँदा विभिन्न उमेर समूहका वालवालिकाहरुलाई पठनपाठन गराउँन अति नै कष्टदायी भएकोले प्रवासमा नेपाली भाषा भाग १ र २ तयार गरिएको हो भन्नु भयो । भाग एकमा कक्षा १ देखि ३ सम्म र भाग दुईमा ४ देखि ८ कक्षा सम्मको पढाइने कुरा बताउनु भयो । प्रत्येक कक्षालाई ३२ वटा पिरियडमा पढाउनका लागि पाठ तयारी गरिएको उप्रेतीले बताउनु भयो ।क्यानडा र क्यूवाका लागि नेपाली राजदूत महामहिम कालीप्रसाद पोख्रेले कितावको बिमोचन गर्नु भयो । एनआरएन क्यानडाले दुई वर्षमा गरेका संस्मरण योग्यकुराहरुको संगालो स्मारिकाको पनि राजदूत पोखरेलबाट लोकार्पण भयो । एनआरएन क्यानडाका अध्यक्ष तुलसी सापकोटाले लोकार्पणलाई सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा नेपालीहरुको पहिचानलाई विश्व सामू ल्याउन उद्दत सगूनका सह संस्थापक कविन्द्र सिटौलाले सगुनको कनेक्ट सेयर एन्ड अर्न भन्ने नाराबारे प्रश्टयाउँनु भयो । गरिब भएर जन्मनु व्यक्तिको दोष होइन तर गरिब भएर मर्नु चैं कम्जोरी हो भन्ने विलगेट्सको भनाइको स्मरण गर्दै हामी नेपालीहरुले विश्वसामूको पहिचान फेर्नु पर्ने आवश्यक्तावारेमा विचार राख्नु भयो । यही अगष्ट १९बाट दोश्रो चरणको लगानीका लागि यूकेबाट घोषणाहुने कुराको जानकारी गराउँदै सबै नेपालीहरुले हस्टेमा हैंसे गर्दै अगाडी नेपालीहरुबाट शुरुभएको यस कार्यमा समाहित हुन आव्हान गर्नुभयो ।

एनआरएनका कोषाध्यक्ष सूर्यप्रकाश भट्टराईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पास भएको थियो ।
कार्यक्रमको तेश्रो चरणमा अध्यक्ष गोपिकृष्ण काफ्ले, उपाध्यक्ष त्रय राजकुमार महत, रमेश बानिया, माधव दुलाल, महासचिव चिरन्जिवी घिमिरे, सचिब डा।देवि अधिकारी, कोषाध्यक्ष सुर्य सापकोटा, प्रबक्ता रबिन्द्र घिमिरे र सदस्यहरु दिपक श्रेष्ठ प्रमिला बस्नेत देबेन्द्र सुवेदी चन्द्र अधिकारी सुवास गिरी करुण कार्की बिमला साप्कोटा दिनेश घिमिरे र बिनोदकुमार राना सत्र जना पदाधिकारी भएको बोर्ड गठन भयो ।

कार्यक्रमा निर्वाचनलाई विवाद रहित र कुशलतापूर्वक सम्मपन्न गरेकोमा निर्वाचन आयुक्त चन्द्र राई नर्थअमेरिकाको कन्भेन्सनमा दशहजार डलर दिएर योगदान गर्ने तुला भट्टचनलाई ताम्रपत्रले सम्मान गरियो । बोर्डमा रही विबिधकार्य कुशलतापूर्वक निर्वाह गर्ने समितिका संयोजकहरुलाई पनि प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रमको साँझमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।