१५ चैत्र २०८०, बिहीबार
Follow Us

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७४, सोमबार १०:५९

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक (भोलि) मंगलबार बस्ने भएको छ । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न मंगलबार बिहान ८ बजेका लागि बैठक बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा वर्तमान मुलुकको समसामयिक राजनीतिक घटना क्रमको बारेमा समेत छलफल हुने पौडेलले बताउनुभयो । बैठकमा उपस्थितिका लागि सम्पूर्ण केन्द्रीय कार्यसमितिका सदस्यलाई आमन्त्रण गरिएको छ ।