६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन युकेमा पहिरो, नर्दन आयरल्यान्डमा सामूहिक सदस्यता परित्याग

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७४, सोमबार १२:५१

एनआरएन युकेको कार्यशैली र असमावेशी गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै नर्दन आयरल्याण्डका सबै सदस्यले साधारण सदस्यता परित्याग गरेका छन् ।

२८ जना सदस्यहरूले सामूहिक रूपमा विज्ञप्ति जारी गर्दै सदस्यता त्याग गर्ने घोषणा गरेका हुन् ।

विज्ञप्तिमा एनआरएन एनसीसी सिंगो बेलायतको भए पनि यसका गतिविधि लण्डनकेन्द्रित भएको र लण्डन वरपरभन्दा बाहिर जान नसकेकोप्रति मुख्य असन्तुष्टि जनाइएको छ ।

बारम्बार सबैलाई समेटेर अघि जान आग्रह गरिए पनि सुनुवाइ नभएकाले आफूहरू सदस्य रहिरहनुको कुनै औचित्य नरहेको उनीहरूले बताएका छन् ।

गत अधिवेशनले एनआरएन युकेलाई काउंसिलको अवधारणामा लैजाने गरी विधान संशोधन गरे पनि लण्डनबाहिर उल्लेख्य रूपले एनआरएन गतिविधि विस्तार गर्न सकिएको छैन ।

विज्ञप्तिको पूर्णपाठ

श्रीमान सभापती ज्यु
गैर आवासीय नेपाली संघ (एनआरएन ए)
लण्डन युके

विषय शदस्यता परित्याग सम्वन्धमा

महोदय,

उपरोक्त विषयमा हामी नर्दन आयरल्याण्डमा बसोवास गर्ने एनआरएन ए युके का सम्पुर्ण सदस्यहरु, निम्न लिखित कारणले गर्दा शदस्य भैरहनु अनुचित भएकोले । ति कारणहरु तल प्रकरण प्रकरणमा खुलाई सदस्यता परित्याग गर्नका लागि निवेदन गर्दछौ ।
तपशिल

१) हामी यस परित्याग पत्रमा हस्ताक्षर गर्ने सबै जना नेपाली हौ । गैर आवासीय नेपाली सघको शदस्यताका लागि आवस्यक सर्त र योग्यता पुरा गरि यो महान संस्थाको सदस्यता लिएका थियौ ।

२) हामी नर्दन आयरल्याण्डमा बस्छौ । नदर्न आयरल्याण्ड संयुक्त अधिराज्य बेलायत भित्र पर्छ । तर इंगल्याण्ड अझ भनौ लण्डन भित्र भने पर्दैन । लण्डनको सहरी चक्रपथ एम २५ र यसको वरीपरिका शहरहरु लाई मात्र एनआरएन ए युकेले आफनो गतिविधिको क्षेत्र वनाएको कुरा तथ्यगत रुपमा प्रमाणित भैसकेको छ । यो महान संस्थाको नेतृत्वलाई लण्डनको एम २५ भन्दा बाहिर आउन हामीले विनम्र अनुरोध बाहेक केही गर्न सकेनौ । यो नैतिक बलको प्रयोग गरि एनआरएन युके लाइ लण्डनबाट बाहिर तान्न नसके पछि हामी आफैले हार स्वीकार गरी सामुहीकरुपमा सदस्यता परित्याग गर्ने निष्कर्षमा पुगेका हौ ।

३) एनआरएन ए युके, संंसार भरिका एनआरएन ए मध्ये सम्भवतः प्रभावकारी मध्यको एक हो । यसका भुतपुर्व तथा वर्तमान नेतृत्व पनि उत्तीकै वजस्पी छन् र मानिन्छ । उनिहरुले लण्डनमा दिनहु गर्ने भाषण र ओडने खादाहरुको तस्विर तथा श्रव्य दृष्य विभिन्न सामाजिक सन्जाल मार्फत हेरेर हामी नर्दन आयरल्याण्डका नेपालीहरु पनि हदै सम्म मख्ख पर्दै आएका छौ । वहाहरुलाइ नर्दन आयरल्याण्डको माटोमै नमस्कार टक्राउने अवसर भने हामीलाई आज सम्म कहिल्यै जुरेन । बैकुण्ठबासी भगवान विष्णुलाइ धर्तिका भक्तहरुले धर्तिबाटै प्रणाम गरेजस्तो हामीले पनि आइरिस पानी पार बाटै हाम्रा दुर्लभ एनआरएन नेताहरुलाइ नमस्कार गरि रहेका छौ । फरक प्रसंगमा एनआरएन युकेका पुर्व सभापति श्री सुर्य गुरुङ बाहेक यस सस्थाको तर्फबाट आज सम्म कोही कसैले नर्दन आयरल्याण्डमा नटेक्नु भएको तथ्यलाइ गहिरिएर विचार गरीयो । सामुहीकरुपमा सदस्यता परित्याग गरि नेतृत्वलाई नर्दन आयरल्याण्डमा रहेका नेपालीहरुलाई सम्वन्धी झन्झटबाट मुक्त गर्ने निष्कर्षमा पुग्यौ ।

४) एन आर एन युकेको संगठन प्रजातान्त्रिक प्रकृयाको अवलम्वन गरि निर्माण हुने गरेको छ । कति पटक हामी पनि यो प्रकृयामा सहभागि भयौ । यो प्रकृयाबाट निर्वाचित नेतृत्व आफुलाई मात्र सिमेन्टेड पिलर बनाएर लण्डनमा मात्र उभिन थाल्यो । हामी नर्दन आयरल्याण्ड निवासी एनआरएन युकेका सदस्यहरु पिलर उठाउन प्रयोग भएका पुराना काठ जस्तै केवल आफु जमेर बलियो नहुन्जेल प्रयोग गरिएका फाल्तु सामाग्री जस्तै बनाइएको हामीले महशुस गर्यौ । यो संस्थाको नेता बन्ने, बनाउने वा सोही प्रयोजनका लागि दल बलको पहल गरिदिनेहरुले क्षेत्रीय आधारमा भेदभाव गरिने छैन, यो संस्थालाइ नर्दन आयरल्याण्ड सम्म विस्तार गरिने छ भनेर पटक पटक दिएका बचनलाई विस्वास गर्यौ । एनआरएन ए युकेको नेतृत्वको आफ्नो वचन धान्ने कमजोर क्षमता प्रति भित्रै देखि दया जाग्यो । अनि हामीलाई पटक पटक मुर्ख बनाइएको तथ्यलाई फर्केर हेर्दा हामी आफैलाई लज्जा बोध भयो । नेपाल र नेपालीका लागि महान अभियानमा विश्व भर जगमगाएको एनआरएन युकेका भदालमीहरुको लाज हामीले नहेरेरै जोगाईदिन चाहान्छौ । अत आखा थुनेर लाज संग पनि लाज नमानेर बसीरहनु भन्दा बाहिर निस्कनु उपयुक्त ठान्यौ । त्यसैले सामुहीकरुपमा सदस्यता परित्याग गर्ने निष्कर्षमा पुग्यौ ।

५) हामी कमसेकम आफै प्रति इमान्दार हुने प्रयासमा छौ । एनआरएन ए युकेको सदस्यता लिदा लिदै हामीले मन बचन र कर्मले आफनो अधिकार र कर्तब्यलाई सदुपयोग गर्ने मनमनै सपथ लिएका थियौ । तर विडम्बना नत हामीले अधिकारको अभ्यास नै गर्न पायौ नत कर्तब्यमा घोटिने मौका नै । एन आर एनको महान यात्राको अंग बन्ने चलायमान सपनालाई साक्षी मान्दै कर्तब्य पालनाको कसम खाएर लिएको सदस्यताको प्रमाण पत्र केवल खोस्टो भएको हेर्न सकेनौ । त्यसैले त्याग्न उपयुक्त ठान्यौ ।

६) फेरी पनि हाम्रो गुनासो सुनीयोस भनेर हामीले यो कदम उठाएका होइनौ । हाम्रो कसै प्रति केही गुनासो छैन । आन्तरिक रुपमा नेपालको राजनीतीक पाठशालाले सिकाएका खेलहरुमा एम २५ भित्र जमेका विचराहरुलाई पगाल्न र युके भरी फैलाउन सकिदैन भन्ने हामीले अब थप बुझ्न नपर्ने गरी भोगीसकेका छौ । बुझिसकेका छौ । यो निबेदनको स्वीकृत गर्ने बाहेक अन्य केही पहल कदमी गरिरहन नपर्ने कुरा समेत जनाकारी गराछौ ।

७) अन्तमा भारी मनका साथ सामुहिक सदस्यता परित्यागका लागी चढाएको यो निबेदन स्वीकार गरिदिनुहुन अनुरोध गर्दछौ

निबेदक
सम्पुर्ण नर्दन आयरल्याण्डका एनआरएनका सदस्यहरु