१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘एनआरएन जापानको नेतृत्वमा लामा र थापाको भिडन्त’

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७४, सोमबार १३:११

टोकियो। निर्वाचन समितिले एनआरएन जापानको आगामी कार्यकालको नेतृत्व लगायत बिभिन्न पदहरुमा दाबी गर्ने उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ ।

जसअनुसार अध्यक्षमा तासी लामा र अनुज थापाको उम्मेदवारी परेको छ । लामा मौजुदा कार्यसमितिको उपाध्यक्ष हुन् भने थापा महसाचिव हुन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष देवीलाल भण्डारीको एकल उम्मेदवारी परेको छ भने महिला उपाध्यक्ष एकका लागि सबिता श्रेष्ठ र अनिता गुरुङको उम्मेदवारी परेको छ । यसैगरी २ जना उपाध्यक्षका लागि पाँचजनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा शिवप्रसाद पौडेल, जीवन न्यौपाने, सरोज खत्री, द्रोणप्रसाद सिलवाल र छत्रबहादुर दाहाल छन् ।

यसैगरी महासचिवमा बुद्धिराज घिमिरे र बिशेश्वरप्रसाद रेग्मीको उम्मेदवारी परेको छ भने सचिवमा जनकविक्रम शाही, बासुदेव लामिछाने र प्रकाश थापाले उम्मेदवारी दिएका छन् ।

यसैगरी कोषाध्यक्षमा प्रल्हादसिंह महत, कालिका थापा र महेन्द्रकुमार अधिकारीले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा रामबहादुर थापा (अनिल) को एकल उम्मेदवारी परेको छ ।

यसै गरी एक स्थान महिला सदस्यका लागि दावी गर्दै कमला गैरै, गीता आचार्य (स्मृति) र सिर्जना पाण्डे गरी ३ जनाले उम्मेदवारी दिएका छन् भने ५ जना सदस्यका लागि २१ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा विक्रम खत्री, बालकृष्ण कँडेल (हिमाल), उत्तमकुमार श्रेष्ठ, नरेन्द्र सापकोटा, कुमार कार्की, राजु पनेरु, सुरेश रेग्मी, दयाराम खरेल, नारायण खड्का, डिलाराम गैरे, चेतराम गैरे (चेतन), जगतबहादुर खड्का, दिनेश लोहनी, श्याम कंडेल (गाेपाल), हस्त लामा, राजनकुमार पौडेल, अस्मिता लामा वाइवा, टिकाराम कँडेल, सोमनाथ लम्साल, लालबहादुर रावल र डिल्लीराम शिवाकोटी रहेका छन ।

यसैगरी जापानबाट केन्द्रमा प्रतिनिधित्व गर्नका लागि आईसीसीमा टंकप्रसाद गैरे, कपिलदेव थापा, डिलाराम खरेल, दिनेशकुमार गुरुङ र केशर गिरी गरी ५ जनाको उम्मेदवारी परेको छ । ६ स्थान रहेको आइसीसी पदमा ५ जनाको उम्मेदवारी परेको हो ।