८ बैशाख २०८१, शनिबार
Follow Us

राप्रपा (प्रजातान्त्रिक) थापाको संयोजकत्वमा प्रचार समिति

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७४, सोमबार १४:४१

काठमाडौं । नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले राप्रपाका सबै धार र अन्य प्रजातान्त्रिक शक्तिलाई एकीकृत गरी एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका अभियान शुरु गरिएको बताउनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राणाले मधेशका जनताको भावनालाई समेटेर त्यहाँको समस्या वैज्ञानिक ढंगबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै महिला, आदिवासी, जनजाति, थारु मुसलमान र कर्णालीलगायत पिछडिएका क्षेत्रका समस्या समाधान गर्न पार्टी गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राप्रपाबाट आइतबार विभाजित भई गठन गरिएको सो पार्टीले नेता सुनिल थापाको संयोजकत्वमा प्रचार समिति पनि गठन गरेको छ । उक्त समितिमा राजाराम श्रेष्ठ, किरण गिरी, मीना सुवेदी, राजेन्द्र गुरुङ र इस्तियाकअहमद खान सदस्य हनुहुन्छ ।