८ बैशाख २०८१, शनिबार
Follow Us

बिराटनगरपालिकामा बालमैत्री सिकाई केन्द्र बन्ने

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७४, मंगलवार ०६:११

बिराटनगर । बिराटनगर महानगरपालिकाले अर्थपूर्ण बाल सहभागिताका लागि बिशेष अभियान सुरु गर्ने भएको छ । बिराटनगर महानगरपालिकाका प्रमूख भीम पराजुलीले मीरेष्ट नेपालद्वारा बालभेला सम्बन्धी बृत्तचित्र प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिनु भएको हो ।
‘केही दिन भित्रै नगर सभा हुँदैछ, नगरसभामा बालबालिका सम्बन्धी योजना तर्जमा गर्न बिशेष बालभेला आयोजना गर्ने छौ ।’ नगरप्रमूख पराजुलीले भने— बालमैत्री नगर बिराटनगरमा नमूना बाल अधिकार हुने छ ।
बालअधिकार हनन् हुन नदिन महानगरको सकारात्मक कार्यक्रम ल्याउने तयारीभएको पनि उनले जानकारी दिए । बाल क्लबहरुलाई सक्रिय बनाएर अन्य सामाजिक रुपान्तरणका क्रियाकलापहरु अगाडि बढाउने पराजुलीको सोच थियो । महानगरमा बाल अधिकारको बिषय मात्र नभएर समस्यालाई समस्या सुनाउने थलो मात्र बालभेला हुनु हुदैन भन्दै महानगर प्रमूख पाजुलीले समाधानका उपाय पनि खोज्नु पर्ने बताए ।
यस अघि मीरेष्ट नेपालका तर्फबाट बोल्दै पत्रकार कुमार यात्रुले बिराटनगरलाई बालमैत्री सिकाई केन्द्रका रुपमा विकास गर्न सुझाब दिएका थिए ।
कार्यक्रममा संयुक्त टोल संगठनका संयोजक राजेश मास्केले बालमैत्री नगर भित्रका समस्या प्रस्तुत गर्दै बालमैत्री घोषणा व्यबहारमा परिबर्तन गर्नु पर्ने धारणा राखेका थिए । बालबालिकाका तर्फबाट लाड्ली खातुन र इद मोहमदले बालबालिकाका समस्या सुनाएका थिए ।
बालभेला सम्बन्धी अभ्यास समेटिएको बृत्तचित्र प्रदर्शनीमा महानगरका सामाजिक विकास शाखाका प्रमूख डिल्ली धिमाल, जिल्ला शिक्षा कार्यलयका स्रोत व्यक्ति बिष्णु लामिछाने, बाल अधिकारकर्मी सरस्वाती गुरुङलगायतले बोलेका थिए ।
अन्तरक्रिया कार्यक्रममा बिराटनगर महानगरपालिकाका वडा अध्यषहरु, सदस्यहरु तथा शिषा, स्वास्थ्यलगायतका सरोकारवालाहरुको बाक्लो उपस्थिति थियो ।