१३ बैशाख २०८१, बिहीबार
Follow Us

फेन्सी व्यवसायीको तीज भव्य

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७४, मंगलवार ०६:२०

चितवन । चितवनको नारायणगढमा सोमबार भएको तीज विशेष कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले तीज पर्वलाई महिला शसक्तिकरणमा टेवा पु¥याउने पर्वको रुपमा मनाउनुपर्ने बताउनुभएको हो ।
फेन्सी व्यवसायी संघ र फेन्सी साकोस चितवनको संयुक्त आयोजना भएको कार्यक्रममा उहाँले तीज पर्वको विशेष अवसरलाई भड्किलो नबनाई महिलालाई आत्मनिर्भर बनाउनेतर्फ लैजानुपर्ने बताउनुभयो । तीजपर्वको सन्र्दभमा आयोजीत कार्यक्रमहरु सामाजिक संस्कारसँग लक्षित हुने भन्दै उहाँले पर्वका अवसरमा नै महिलाबीच विचारहरुको आदानप्रदानमा समेत हुने गरेको बताउनुभएको थियो । तीज पर्वका पुरातन मान्यताहरुको जरो वर्तमानमा खोज्न जरुरी भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी शर्माले भन्नुभयो – ‘वर्त बस्ने, महिनावारीको पाप हटाउने, पञ्चमी पुजा जस्ता कुमान्यता हटाउन हामी स्वयंले पहल गर्नुपर्छ ।’
महिनावारी महिलाको प्रजनन् आधार भएको भन्दै उहाँले पाप लाग्छ भन्दै गरिने छुवाछुतको व्यवाहरले छाउगोठ संस्कृतिलाई बढवा दिने पनि बताउनुभएको थियो । उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष राजन गौतमले महिलाको चाड तीजलाई भड्किलोको नाउमा महिला शशक्तिकरण माथि नै अकुंश लगाउन खोजिएको आरोप लगाउनु भएको छ । कार्यक्रममा उहाँले वर्तमानका तीज गीतहरु परिवारसँग बसेर हेर्न अप्ठ्यारो लाग्ने भन्दै सामाजिक विभेद चिर्ने सन्देशमूलक तीजगीत हराएको चिन्ता व्यक्त गर्नु भयो ।
कार्यक्रमममा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले तीज पर्वले नेपाली महिलाबीच सामुहिकता र एकताको भावना जगाउनुपर्ने बताउनुभयो । अधिवक्ता फुलमाया रानाभाटले तीज पर्व भड्किलो नहोस् भन्दै चितवनका महिला सचेत रहेको भन्दै यस्ता कार्यक्रमले तीजको महत्व उजागर हुने बताउनु भयो ।सघका अध्यक्ष बालकृण्ण कण्डेलंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा फेन्सी व्यवसायी संघका पुर्व अध्यक्ष हेमराज पौडेल, फेन्सी साकोसका संस्थापक अध्यक्ष विजयरत्न तुलाधर, उद्योग वाणिज्य संघ चितवनकी सदस्य रजनी मास्के लगायतले बोलेका थिए । कार्यक्रममा संयोजक सुलोचना श्रेष्ठले व्यवसायी महिलाबीच हुने यस्ता कार्यक्रमले एक अर्कामा आत्मियता बढ्नुका साथै वर्तमान परिवेश अनुसार महिलाको शसक्तिकरणमा सहयोग पुग्ने बताउनुभयो ।