१२ बैशाख २०८१, बुधबार
Follow Us

इटालीमा नेपाली चित्रकलाको प्रदर्शनी हुने

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७३, बिहीबार ०७:०४

काठमाडौं । समसामयिक नेपाली चित्रकलाको प्रदर्शनीका लागि १४० जना कलाकार इटाली जाने भएका छन् । इटालीस्थित ‘इमागो मुन्डी’ नामक संस्थाको आयोजनामा विभिन्न देशका चित्रकलाको प्रदर्शनी तथा सङ्ग्रहालय स्थापना हुन लागेको हो । सोही कार्यक्रमका लागि सिद्धार्थ आर्ट ग्यालरीको नेतृत्वमा नेपाली कलाकार इटाली जान लागेका हुन् ।
नेपाली कलामा देखिएका प्रवृत्तिलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको कार्यक्रमका क्युरेटर जेनिफर कार्च भेर्जेले बताउनुभयो । नेपालमा रहनुभएका क्युरेटर भेर्जेले यो कार्यक्रम भौगोलिक परिवेशलाई समेत कलाकारले आफ्ना कलामार्फत चिनाउने अवसर रहेको बताउनुभयो ।
उहाँले इमागो मुन्डीको उद्देश्य विश्वका विभिन्न देशका कलाकारबाट कलाकृति सङ्कलन गरी पहिलो कला भूगोलको सिर्जना गर्नु रहेको बताउनुभयो ।