१२ बैशाख २०८१, बुधबार
Follow Us

दाहालको पद तथा गोपनीयताको शपथ आज अपरान्ह

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७३, बिहीबार ०७:०८

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथ आज अपरान्ह हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा अपरान्ह ३ बजे आयोजित विशेष समारोहमा नवनिर्वाचित प्रधानमन्त्री दाहालले पद तथा गोपनीयताको सपथ लिनु हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं नवनिर्वाचति प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र माओवादीबाट ५ देखि ७ जना मन्त्रीसहित पद तथा गोपनियताको शपथ लिने तयारी गर्नुभएको छ ।
संसदमा पहिलो ठूलो दल नेपाली कांग्रेस, मधेसी मोर्चा, राप्रपा लगायतका साना दलको समर्थनमा हिजो प्रधानमन्त्री पदमा निर्वाचित भएका दाहालले आफूसँगै पहिलो चरणमा प्रमुख दुई दलका तर्फबाट सानो संख्यामा मन्त्रीहरु नियुक्त गरी आजबाट नै शासन संचालनको जिम्मा लिन लाग्नु भएको हो ।