१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘गौरी जोशीको उम्मेदवारी कायम गर्न एनआरएनको २४ घण्टे पत्र’

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७४, मंगलवार १७:२२

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचनमा गौरी जोशी अध्यक्ष पदको उम्मेदवार हुन योग्य रहेको प्रतिवेदनलाई गैरआवासीय नेपाली संघले अनुमोदन गरेको छ । गैरआवासीय नेपाली संघको हिजो सोमवार बसेको पदाधिकारी बैठकले अनुमोदन गर्दै प्रतिवेदनको निष्कर्ष बमोजिम एनआरएन अमेरिकाको निर्वाचन अगाडी बढाउन निर्देशन दिने निर्णय गरेको छ ।

संघका अध्यक्ष शेष घलेको अध्यक्षमा बसेको बैठकले विषेश समितिको प्रतिवेदनलाई संघको सेक्रेटरियल (कार्यालय सचिव) मार्फत् गैरआवासीय नेपाली संघ अमेरिकालाई पत्राचार गर्ने निर्णय समेत गरेको छ । संघका महासचिव डा. बद्री केसीका अनुसार संघको सोमवारको निर्णय पहिलो चरणमा अमेरिका क्षेत्रीय संयोजक सोनाम लामामार्फत पठाउने तर लामाले २४ घण्टाभित्र एनआरएन अमेरिकाको निर्वाचन समिति समक्ष नपठाए कार्यालयमार्फत् सिधैं निर्वाचन समितिमा पठाउने निर्णय गरेको हाे ।

यसै बीच छानविन समितिका सदस्य डा. हेमराज शर्माले आफ्नो फेसबुक टाइमलाइन मार्फत गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको संयोजकलाई मंगलबार पत्राचार गरिएको पुष्टि गरेका छन् ।

सोमबारको बैठकले संघको नियमावलीमा रहेको प्रावधानलाई समेत रद्द गर्दै केन्द्रले सिधै राष्ट्रिय समितिमा पत्राचार गर्न सक्ने निर्णय गरेको बताएको छ ।

समितिले गैरआवासीय नेपाली संघ अमेरिकाको स्थापान र अध्यक्ष पदका प्रत्यासी गौरी जोशीको योग्यताका सम्वन्धमा करिब ३० पेज लामो प्रतिवेदनमा ३२ वटा दस्तावेजसहित ४ सय पेज भन्दा बढीको प्रमाण जुटाएको बताएको थियो ।

समितिको प्रतिवेदन आइसीसीले अनुमोदन गरेपछि गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनसम्बन्धी विवाद अन्त्य हुने अपेक्षा गरिएको छ ।

समितिको प्रतिवेदन र संघको निर्णय बमोजिम अब जोशी एनआरएन अमेरिकाको अध्यक्ष पदको उम्मेदवार बन्न पाउने भएका छन् । यसअघि संघले एनआरएन अमेरिकाको निर्वाचन समितिलाई विषेश समिति गठन भएकोले निर्वाचन तालिका हेरफेर गर्न आग्रह गरेको थियो ।
संघले अमेरिकाको विवाद समाधानका लागि छानविन गरी प्रतिवेदन बुझाउन संरक्षक दिल गुरुङ, सल्लाहाकार विश्वआर्दश पण्डित र पूर्वप्रवक्ता डा. हेमराज शर्मा रहेको समिति गठन गरेको थियो । समितिले आइतवार साँझ आफ्नो प्रतिवेदन संघमा पेश गरेको थियो ।

छानविन समितिले निकालेको निष्कर्ष

क) २१ जनवरी २००६ देखि एनएसी नै एनसिसि युएसएको रुपमा कार्यरत रहेको।
ख) गौरीराज जोशी एनएसी अथवा एनसिसि युएसएमा २००७(२००९ कार्यकालमा कार्यकारी पदमा काम गरेको प्रमाणित हुन्छ।
ग) गौरीराज जोशीले एनसिसि युएसएमा एक कार्यकाल काम गरी सकेकोले आईसिसिको विधानको दफा २३/११ अनुसार एनसिसि युएसएको अध्यक्ष पदमा उम्मेदबार बन्न योग्य ठहरिन्छन।
घ) गौरिराज जोशीले एनसिसि युएसएको निर्वाचन आयोगमा रितपूर्वक आवश्यक कागजद पेश गरी तोकिएको मितिमा अध्यक्ष पदमा मनोनयन गरेको देखिन आएकोले निजको उम्मेदरवारी कायम राखी निर्वाचन गर्नु पर्ने समितिको ठहर छ।
IMG_6842

नेपाल ब्रिटेन डट कमलाई कारवाही गर्न माग
गैरआवासीय नेपाली संघको अभियानमा सशक्त भूमिका निर्वाह गर्दै आएको नेपाल ब्रिटेन डट कमप्रति संघका केही पदाधिकारीले असन्तोष प्रकट गरेका छन् । सोमवारको पदाधिकारी बैठकमा संघकी प्रवक्ता रञ्जु थापाले नेपाल ब्रिटेन डट कमप्रति आक्रोस पोखेकी थिइन् । उनले बैठकमा नेपाल ब्रिटन डट कम संघका अन्तरिक बिषयलाई तत्काल पाठक समक्ष कसरी पु-यायो भन्ने बिषयमा छनविनको माग गरेकी थिइन् । संघको मिडियासम्बन्धी नीतिनिर्माणको जिम्मा लिएकी थापाले पटक–पटक संघका गतिविधि अनलाइनमार्फत् लिक भएको भन्दै आफैले छानविनको माग गरिन् ।

—————————————————————
एनआरएन युएसएको निर्वाचनमा अध्यक्षका प्रत्यासीको योग्यताबारे छानबिन समितिको प्रतिवेदन
गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसिसि) युएसएको निर्वाचनमा अध्यक्षका एकजना प्रत्यासीको योग्यता बारे देखिएको बिबादका बारे छानबिन गर्न फ्राङ्कफोर्डमा ३० जुलाई २०१७ मा सम्पन्न अन्तर्राष्टिय समन्वय परिषद (आईसिसि) को ५८औ बैठकले एक तिन सदस्यीय छानबिन समिति बनाएको थियो। उक्त समितिमा काम गर्ने अवसर दिनु भएकोमा अध्यक्ष शेष घलेज्यू लगायत आईसिसि प्रति आभारी छौ। छानबिन समितिले निर्धारित समय ५ अगष्ट २०१७ मा आफ्नो प्रतिवेदन सचिवालयमा बुझाएको थियो। ७ अगष्ट २०१७ मा बसेको सचिवालयको बैठकले प्रतिवेदन माथी छलफल गरी समितिको निष्कर्षलाई अनुमोदन गरेको छ (तल हेर्नुस पत्रको अंश)। समितिको निष्कर्षलाई कार्वान्यन गर्न क्षेत्रीय संयोजकलाई २४ घण्टाको समय दिई ८ अगष्ट २०१७ मा सचिवालय पत्राचार भएको छ।
एनआरएन युएएसएले लिने बाटोले अरु ७५ देशका एनसिसि र समग्र एनआरएन अभियानलाई नै प्रभाव पार्दछ। तसर्थ जिम्मेवार व्यक्ती र निकायले अब कुनै लुप होलको खोजी नगरी समस्याको सहजीकरण तिर लाग्नु पर्छ। प्रवाधिक र प्रशासनिक कारण देखाई सिङ्गो आईसिसिको निर्णयलाई अवज्ञा गर्ने हो भने निर्वाचित समितको legitimacy माथी प्रश्न उठ्नेछ।
यस अगाडि एनसिसि युएसएको निर्वाचन आयोगले २१ जुलाई २०१७ को महासचिवको पत्र र २५ जुलाई २०१७ को अध्यक्षज्युको सार्वजनिक महत्वको पत्र (जुन पत्रले निर्वाचन आयोगलाई संवोधन गरिएको थिएन) लाई स्विकार गरेको छ। यसबाट के स्पष्ट हुन्छ भने – यस्तो सार्वजनिक महत्वको बिषयमा निर्वाचन आयोगले कुन पत्र कुन माध्यमबाट कसलाई संवोधन गरेर प्राप्त भयो भन्दा पनि तथ्य के छ त्यसमा सरोकार राख्दछ। तसर्थ निर्वाचन आयोगले आफैले प्रयोग गरेको नजिरलाई पुन: लागु गर्दै छानबिन समितिको निष्कर्ष र सचिवालयको पत्र स्विकार गर्ने छ भन्नेमा हामी विस्वस्त छौ।
पत्रमा भनिएको छ:
(( ——————
We are writing to inform you that IES meeting held on 7th August 2017 has endorsed the findings and recommendation of the committee formed by 58th ICC meeting. You are requested to forward this information to NCC USA within next 24 hours so they can fix all their records as soon as possible.
The findings are as below:
क) २१ जनवरी २००६ देखि NAC नै एनसिसि युएसएको रुपमा कार्यरत रहेको।
ख) गौरीराज जोशी NAC अथवा एनसिसि युएसएमा २००७-२००९ कार्यकालमा कार्यकारी पदमा काम गरेको प्रमाणित हुन्छ।
ग) गौरीराज जोशीले एनसिसि युएसएमा एक कार्यकाल काम गरी सकेकोले आईसिसिको विधानको दफा २३.११ अनुसार एनसिसि युएसएको अध्यक्ष पदमा उम्मेदबार बन्न योग्य ठहरिन्छन।
घ) गौरिराज जोशीले एनसिसि युएसएको निर्वाचन आयोगमा रितपूर्वक आवश्यक कागजद पेश गरी तोकिएको मितिमा अध्यक्ष पदमा मनोनयन गरेको देखिन आएकोले निजको उम्मेदरवारी कायम राखी निर्वाचन गर्नु पर्ने समितिको ठहर छ।
In addition to the above IES instructs that NRNA NCC USA must align its constitution with the NRNA ICC constitution no later than the upcoming IGA in October 2017. If any reason or if the local law prevents aligning any part of its constitution with ICC then NCC USA must write to ICC to resolve the matter so that NRNA NCC USA remains an affiliated NCC of ICC as per ICC constitution.

(पूर्व प्रवक्ता, छानविन समितिको सदस्य तथा विद्यान समितिका संयोजक डा. हेमराज शर्माको फेसबुकबाट साभार)