१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन अमेरिकाको चुनाव स्थगित

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७४, मंगलवार २०:२५

न्यूयोर्क (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरए) अमेरिकाको चुनाव स्थगित nrnभएको छ ।

निर्वाचन समितिले मंगलबार दिउँसो सूचना जारी गरेर अर्को सूचना नभएसम्मका लागि भन्दै चुनाव स्थगित गरेको हो । ‘हामीले निर्वाचन कार्यक्रम स्थगित गरेका छौँ । अरु सूचना छिटै प्रकाशित गर्नेछौँ,’ सूचनामा भनिएको छ ।

के कारणले निर्वाचन स्थगित गरिएको हो निर्वाचन समितिले केही उल्लेख गरेको छैन । निर्वाचन हुनभन्दा तीन दिन अघि प्रकृया रोकिएको हो । निर्वाचन निकै नजिक आएकाले कयौँ उम्मेदवार चुनाव प्रचार प्रसारकै क्रममा थिए । सामाजिक सजालमा मंगलवार सम्मपनि भोट मागिरहेका थिए ।

एनआरएन अमेरिका र आईसीसीको विद्यान नमिल्दा निर्वाचन समिति दबाबमा परेको थियो । मनोनयन पत्र दाखिला गरे पनि उम्मेदवार सूचीमा नपरेका अध्यक्ष पदका प्रत्यासी गौरी जोशी र महासचिव पूर्ण बानियांले संयुक्त रूपमा निर्वाचन समितिलाई विपक्षी बनाई मुद्दा दायर गरेका थियो ।

गौरी जोशीले सोमवार अदालतले अन्तरिम आदेश जारी गरेको हिमालयखवरलाई जानकारी दिएका थिए । यो समाचार हिमालयखवरले सोमवार सार्वजनिक पछि धेरैले अमेरिकाको एनआरएनको भविष्यका बारेमा चासो राखेका थिए ।

निर्वाचन स्थगित सँगै एनआरएन अमेरिकामा नयाँ नेतृत्व चयन प्रकृया अन्यौलमा परेको छ । अक्टोबरमा नेपालमा हुन लागेको आईसीसीको केन्द्रीय भेलासम्म पनि नयाँ नेतृत्व आउँछ भन्नेमा आशंका छ । निर्वाचन रोकिदां एनआरएन अमेरिकाका करिब १५ हजार सदस्य आफ्नो प्रतिनिधि छान्नवाट वञ्चित भएका छन् ।

यो निर्वाचनमा २ सय जना भन्दा बढी उम्मेदवार चुनावी मैदानमा थिए । यस मध्ये कयौँ निर्विरोध चयन भईसकेका थिए । अध्यक्ष पदमा उम्मेदवारीका लागि निवेदन दिएका गौरी जोशी उम्मेदवार बन्न पाउने नपाउने मुख्य मुद्दा भइरहेको थियो ।
IMG_6873
केही उम्मेदवारहरुले भने निर्वाचन स्थगित भएकोमा आक्रोस व्यक्त गरेका छन् । धेरैले अहिलेको विवादले एनआरएन अमेरिकालाई अन्यौलमा पारेको मात्र होइन थप कमजोर बनाएको प्रतिकृया दिएका छन् । आईसीसीले भने यसवारमा खासै चासो राखेको छैन । -हिमालय खबर