१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुई चुनाव एकै मितिमा गर्ने गरी तयारी थाल्न प्रधानमन्त्रीको आयोगलाई सुझाव

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७४, बुधबार ०७:१०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एकै पटकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीसँग भएको भेटमा चुनावी खर्च कम गर्न र तोकिएकै समयमा चुनाव सम्पन्न गर्न दुवै चुनाव एउटै मितिमा गर्ने गरी तयारी थाल्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले निर्वाचन सम्वन्धी दुई ऐन संसद्मा पारित हुने चरणमा अघि बढेको र क्षेत्र निर्धारण आयोगले पनि तोकिएकै मितिमा प्रतिवेदन बुझाउने भन्दै निर्वाचन तयारीमा लाग्न आयोगलाई आग्रह गर्नुभएको हो ।
निर्वाचन आयोगका पदाधिकारीहरूले भने दुवै चुनाव एकैपटक गर्न विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । तर समय कम भएकाले उक्त मेसिन खरिद गर्ने प्रक्रिया, मेसिन प्रयोगको लागि मतदाता शिक्षालगायतका काम गर्न सकिने कि नसकिने भन्ने विषयमा प्रधानमन्त्रीले प्रश्न गर्नुभएको थियो ।
निर्वाचन आयोगका पदाधिकारीहरूले मतदातालाई ‘राईट टु रिजेक्ट’ को अधिकार दिने कि नदिने भन्ने र विदेशमा रहेकालाई पनि मत दिन पाउने प्रावधानका विषयमा पनि जिज्ञासा राख्नुभएको थियो।