११ बैशाख २०८१, मंगलवार
Follow Us

डा भट्टराईलाई भेट्न अध्यक्ष ओली अस्पतालमा

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७४, बुधबार १४:००

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
डा भट्टराईको स्वास्थ्यअवस्थाबारे बुझ्न आज दिउँसो ओली भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पताल पुग्नुभएको ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिनुभयो ।
भेटका क्रममा ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईको स्वास्थ्यलाभको कामना गर्नु भएको थियो । भेटमा डा भट्टराई पत्नी एवं नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमी, पूर्वउद्योगमन्त्री महेश बस्नेत सहभागी हुनुहुन्थ्यो ।
मुत्रनलीमा समस्या भएपछि भट्टराई ६ दिन अघि अस्पतालमा भर्ना हुनु भएको थियो ।