१३ बैशाख २०८१, बिहीबार
Follow Us

अलास्काबाट स्वामी अरुणको सन्देश (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७४, बुधबार १४:०५

संयुक्त राज्य अमेरिकाको सबैभन्दा उत्तरपश्चिमी भूभाग अलास्काबाट पठाएको एक सन्देशमा काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले सबै मित्रहरुलाई बेलायतमा यही सेप्टेम्बर महिनाको शुरुमा हुनलागेको आवासीय ध्यान शिविरमा भाग लिन आमन्त्रण गर्नुभएको छ।

अमेरिकाका विभिन्न शहरहरु तथा क्यानडाको भ्यानकुभरमा ध्यान शिविर सन्चालन गरी अलास्का पुग्नुभएका स्वामी अरुणले सेप्टेम्बरको १ देखि ४ तारिखसम्म लण्डन नजीकै बेजीङस्टोकमा हुन लागेको ध्यान शिविरमा भाग लिन आमन्त्रण गर्नुभएको हो।

शिविरसंबन्धी जानकारी यो लिङ्कमा उपलब्ध छ।

थप जानकारीकालागि स्वामी ध्यानशङ्करलाई [email protected] वा फोन नं हरु 07886018119/07771687332/07428190745 मा संपर्क गर्न पनि आयोजकहरुले आग्रह गरेका छन्।

गएको दश वर्षदेखि बेलायतमा ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएका स्वामी अरुणले यही अगष्ट महिनाको अन्तिम साता लण्डन आइपुग्दै हुनुहुन्छ।

संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।