८ बैशाख २०८१, शनिबार
Follow Us

मन्त्री बन्ने चक्करमा म छैन

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७३, बिहीबार ०८:४९

टोपबहादुर रायमाझी, नेता, नेकपा माओवादी केन्द्र

प्रमुख दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीच ७ बुँदे सहमति भएर प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । सरकार गठन हुनुपुर्व नै माओवादीभित्र मन्त्री छान्न अध्यक्ष प्रचण्डलाई यतिवेला हम्मेहम्मे परेको छ । कतिपय माओवादी नेताहरुले यसपटक नयाँ अनुहारलाई मौका दिनुपर्ने भन्दै पार्टीभित्र चर्को रुपमा आवाज उठाएका छन् भने कतिपयले अनुभवी नेताहरुलाई सरकारमा लगिनुपर्ने अडान लिएका छन् । यीनै विषयमा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीसँग गरिएको कुराकानीको सम्पादित अंश-
० तपाई फेरि उपप्रधानमन्त्री बन्ने दौडधुपमा हुनुहुन्छ अरे नि ?
– म यो दौडमा छैन् । मलाई यसबारेमा कुनै जानकारी छैन् ।
० तपाईको दाबी रहन्छ कि रहँदैन र ?
– मन्त्री बन्न कुनै नेताले पनि दाबी गर्दैनन् । त्यसमा को बस्दा ठिक हुन्छ कसलाई मन्त्री बनाउने हो भन्ने कुरा पार्टीले औपचारिक रुपमा निर्णय गर्छ ।
० मलाई उपप्रधानमन्त्री वा मन्त्री बनाउनुहोस भनेर भन्नुहुन्न र ?
– पहिला पनि मैले गरिन र अहिलेपनि म यस्तो गर्ने पक्षमा छैन र गर्दिन् ।
० मन्त्री नदिए म बाबुरामको नयाँ शक्तिमा जान्छु भन्नुभएको थियो ?
– विल्कुल यो कुरा गलत हो, यसमा कुनै सत्यता छैन् । तपाईले प्रश्न गर्दा भन्ने एउटा कुरा होला तर हामीले यसबारेमा कुनैपनि किसिमको छलफल वा बार्गेनिँग गरेकै छैनौं । न हिजो नै गर्यौ न त भोलि नै यस्तो काम गर्छों ।
० पुरानै अनुहारहरु दोहोरिन खोजिरहेका छन् नि त र?
– अब हाम्रो पार्टीभित्र यसरी दौडधुप गरेर मन्त्री बन्न लागिपरेको जस्ता मलाई लाग्दैन् । मलाई यस विषयमा कुनै जानकारी नै छैन् ।
० मन्त्री बनाउन मापदण्ड बनाउनुपर्छ र?
– हो, पार्टीभित्र एउटा मापदण्ड बनाएर अघि बढ्नुपर्छ । मन्त्री बनाउँदा दोहोरिने कि नदाहोरिने वा नयाँ अनुहारलाई पठाउने कि भन्ने बारेमा एउटा ठोस धारणा बनाउनुपर्छ । पाटीभित्र छलफल भएर एउटा निश्कर्ष आउँछ जस्तो लाग्छ ।
० मन्त्री बन्न विवाद उत्पन्न हुनु कत्तिको शोभनीय हुन्छ र ?
– यो कुनै पनि मान्यतामा उचित हुँदैन् । त्यो गलत कुरा हो ।
० अहिले बाढिपहिरोले जनतामा आहातमा छन् त्यतातिर ध्यान दिँदैनन् ?
– मन्त्री बन्न दौडधुप गर्ने भन्दापनि यो राष्ट्रलाई कसरी निकास दिन सकिन्छ भनेर सोच्नेवेला हो । अहिलेको आवश्यकत्ता भनेको राष्ट्रिय सहमति नै हो । संविधान कार्यान्वयन गर्ने कुरा प्रमुख हो । यसको साथसाथै हामीले शान्तिप्रक्रियाका कुराहरुलाई निश्कर्षमा पुर्याउनुपर्ने छ । भूकम्पपीडितहरुलाई राहत पुर्याउनुपर्ने र तिव्र गतिमा पूर्ननिर्माण गर्नुपर्छ । भौतिक पूर्वाधारको विकासमा ध्यान दिँदै आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्ने छ । यीनै मुख्य विषयमा हामी प्रमुख राजनीतिक दलहरुवीच छलफल हुनुपर्ने हो, यो मन्त्री को बन्ने भन्ने विषयमा दौडधुप गर्ने कुरा कुनै पनि पार्टीको लागि र देशको लागि हित हुने कुरा होईन् ।
० विडम्बना तपाईहरु यही खेलमा लाग्नुभएको छ र?
– त्यो कुरा गलत कुरा हो ।
० ओलीलाई वेलैमा ढालेर धोका दिनुभयो नि तर ?
– हामीले विल्कुल धोका दिएको होईन् । सँधैभरि एमालेको पुच्छर बनेर हिँड्ने कुरा आएन नि । त्यसकारणले पार्टीले भद्र सहमति गरेको थियो, ९ बँदे सहमति गरेको थियो । धोका दिनको लागि सहमति गरिएको थिएन्