१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रचण्डलाई घलेले दिए बधाई तथा शुमकामना

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७३, बिहीबार ०८:४७

लन्डन । गैरआवासीय नेपाली सँघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरेको छ । गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घलेद्धारा जारी विज्ञप्तिमा दाहालको नेतृत्वमा देशमा स्थायित्व र आर्थिक सम्बृद्धि हुने विश्वास गरिएको छ । विज्ञप्तिमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचनसँगै मुलुकले पुनःनिर्माणमा गति पाउने र संविधान कार्यन्वयनको मार्ग प्रसस्त भई मुलुक क्रमशः स्थायित्व र आर्थिक सम्बृद्धि हुनेमा संसारभरि छरिएर रहेका हामी गैरआवासीय नेपालीहरु आशावादी छौं भनिएको छ।
संघद्धारा विहीवार जारी विज्ञप्तिमा राष्ट्र पुनःनिर्माण र सम्बृद्धिका लागि नेपाल सरकारसँग सदाझैं हातेमालो गरेर अगाडी बढ्न गैरआवासीय नेपाली तत्पर र अग्रसर रहने बिश्वास दिलाउन चाहान्छौं अध्यक्ष घलेले उल्लेख गरेका छन्।
भूकम्प, नाकाबन्दी र लामो समयको राजनीतिक आन्दोलनका कारण जोखिममा रहेको मुलुकको अर्थब्यबस्था सुदृढ गर्न र मुलुकलाई सम्बृद्धिको मार्गतर्फ अग्रसर बनाउन सम्माननीय प्रधानमन्त्री दाहाललाई सफलता मिलोस् भनी गैरआवासीय नेपाली संघले हार्दिक शुभकामना ब्यक्त गरेको छ ।