७ बैशाख २०८१, शुक्रबार
Follow Us

त्रिभुवन विमानस्थलमा बाँदर र कुकुरको आतंक

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७४, बिहीबार १४:४७

काठमाडौं । नेपालकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अर्थात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको । देशकै गौरव एवं महत्वपुर्ण मानिने यो विमानस्थल बिहान ६ बजे देखि राति बाह्र बजेसम्म ब्यस्त रहन्छ । दैनिक करिब ७० अन्तराष्ट्रिय उडान हुने यो विमानस्थलको आगमन र प्रस्थान कक्षबाट भित्रिने र बाहिरिने खेप्नुपर्न पहिलो सास्ती बादरको आतंक हो । विमानस्थलको विशिष्ट देखि सर्वसाधारण आवत जावत गर्ने कक्षमा बिहिवार भने बिहानै देखि बादर र कुकुर झगडामा ब्यस्त थिए ।

गृहमन्त्री जनार्दन शर्माको टोलीलाई समेत बाँदर कुकुरले वास्ता गरेन । हजयात्रीलाई विदाई गर्न दलबलका साथ विमानस्थल पुगेका गृहमन्त्री शर्मा र काँग्रेस वरिष्ठ नेता राम चन्द्र पौडेल बाँदर र कुकरको झगडा नदेखेर वा लज्जाबोधका कारण जे भएपनि केही नबोली विमानस्थलबाट निस्किए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाँदर, कुकर र विभिन्न पशपन्छिले समस्या ल्याएको यो पहिलो घटना होइन । आसपासका क्षेत्रमा फालिने फोहर र पशुपतिका बाँदका कारण विमानस्थल पुग्ने यात्रुहरु आतंकित बन्ने गरेका छन । कतिपय अवस्थामा बाँदरले यात्रुको झोला समेत खोस्ने गरेको उदाहरणहरु छन ।

विमानस्थलमा भईरहेको बाँदर र कुकुरको आतंक बारे विमानस्थल व्यवस्थापन अनविज्ञ भने छैन । बारम्बार बादर र कुकुर हटाउने प्रयास भएपनि समस्या ज्युकात्यु छ । बादर र कुकुर लाई मार्दा पशुअधिकारको विषय बन्ने भएकाले समाधान गर्ने गाह्रो भएको विमानस्थल ब्यवस्थापनको भनाई छ ।

यता विमानस्थलको धावनमार्गको भित्री भागमा खतरा बढ्न थालेपछि ब्यवस्थापनले बन्दुक सहित पाचँ जनाको टोली परिचालन गरेको छ भने सवेदनशिल क्षेत्रमा करेन्टनै जोडेको छ । भने बाहिर क्षेत्रमा सुरक्षा दिदैै आएको नेपाल प्रहरीले समेत बादरको आतकंलाई रोक्ने प्रयास गरेको छ ।

त्रिभुवन विमानस्थल ब्यवस्थापन गर्ने मुख्य निकाय नागरिक उड्यन प्राधिकरणले समेत बादर, कुकुर र अन्य पशुपन्छि लगायतका आतंक नियन्त्रणमा खासै चासो दिएको छैन । जसका कारण नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलको छवि बनाएको त्रिभुवन अन्तराष्टिय विमानस्थलको सुरक्षामा नै गम्भीर प्रश्न उब्जिएको समाचार एभिन्यून टेलिभिजनले प्रशारण गरेको छ ।