६ बैशाख २०८१, बिहीबार
Follow Us

गिट्टी कुटिरहेका हाम्रा साथी कहिले स्कूल आउँछन् मेयर साब्

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७४, शुक्रबार ०५:३४

घोराही– बाल श्रममा भएका बालबालिकालाई बिद्यालय ल्याउने पहल थाल्न घोराही उपमहानगरका बालबालिकाले त्यहाँको स्थानीय सरकारलाई आग्रह गरेका छन् । ‘हाम्रा साथीहरु गिट्टि कुटिरहेका छन्, मेरै एक जना साथी गाडीमा खलासी छन्, बजारमा हामी देख्छौ, हाम्रा उमेरका साथीहरु होटलमा भाडा माझिरहेका छन् । तिनीहरु बिद्यालयमा कहिले आउँछन् मेयर साब ?’
घोराही उपमहानगरपालिकाका बाल सञ्जालका प्रतिनिधि विकाससेन नेपालीले नगर प्रमूख नरुलाल चौधरीलाई सोधेको प्रश्न हो यो । नगर प्रमूख चौधरीले बालबालिकाको प्रश्नको जवाफ दिदै आगामी नगरसभाबााट पारित हुने नीति र कार्यक्रमले बाल अधिकार हनन् बिरुद्ध बिशेष कार्यक्रम ल्याउने जवाफ दिएका थिए ।
युनिसेफ नेपालको सहयोगमा मीरेष्ट नेपालद्धारा आयोजित बृत्तचित्र प्रदर्शनी र अन्तरक्रिया कार्यक्रमका क्रममा बालबालिकाले यस्तो प्रश्न गर्ने अवसर पाएका हुन् । बाल सन्जालका प्रतिनिधि नेपालीले अर्को पनि प्रश्न राखेका थिए । उनको बिचारमा बिगतमा बालबालिकाका नाममा आएको १५ प्रतिशत रकम बालबालिकाको हितमा खर्च भएको अनूभूति भएको छैन । उनले भने अवको नगर योजनामा बालभेलले उठाएको सवाललाक्ष्ै अक्षरसः सम्बोधन होस ।
बाल सन्जालकै अर्का प्रतिनिधि पूर्णीमा घर्तीमगरले बालिकाहरुलाई परेको समस्या सुनाईन् । महिनावारीका कारण छात्राहरुले बिद्यालय छोड्न परिरहेको ले सबै बिद्यालयमा सेनटरी प्याड निशुल्क दिन माग गरिन । उनको बिचारमा बालबिबाह अब निषेध गर्न पर्छ ।
यस्तो सवालल र सरोकारवालाको कुरा सुने पछि नगर प्रमूख चौधरीले समाजलाई समृद्ध बनाउन बालमैत्री स्थानीय शासनको नीति उप—महानगरपालिकाले अख्तियार गर्ने बताएका थिए । सभ्य समाजका लागि बालमैत्री अभियान जरुरी रहेको बताउँदै नगरसभामा प्रस्तुत हुने नगरसरकारको नीति र कार्यक्रममा यो बिषय समेटिने बताए । घोराही नगरपालिकामा बालमैत्री स्थानीय शासन बिगतमा अवलम्बन भएको र यसको निरन्तरता रहने बताए ।
उपमहानगरकी उप प्रमूख सीता न्यौपानेले सरोकारवालाको साझेदारीमा बालमैत्री अभियानका क्रियाकलाप धमाधम भईरहेको बताइन् ।
अन्तरक्रिया कार्यक्रमका क्रममा सभापतिको आसनबाट वडा नम्बर १५का वडा अध्यक्ष रमेश पाण्डेले संबिधानको धारा ३९ लाई कार्यन्वयन गर्ने जिम्मेवारी स्थानीय तहको पनि भएको हुँदा उपमहानगरले कानुनी व्यबस्था गर्ने बताए । बाल श्रम र सडक बालबालिका घोराहीको मूल समस्या भएकाले यसका लागि नगरपालिका लागि रहेको जानकारी दिएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी नायब उपरिक्षक भूवनेश्वर तिवारीले बालमैत्री स्थानीय शासनका लागि स्थानीय तहसंग गर्न पर्ने कार्य गर्न नेपाल प्रहरी सधै तयार रहेका्े सूचना दिए । नगरपालिकाका सामाजिक शाखाका प्रमूख सुबोध रेग्मी, बाल अधिकारकर्मी निर्मल नेपाली र विकिरण गौतमलगायतले बिबिध बिषययमा आफनो धारणा राखेका थिए ।