१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विदेशमा मान्यता दिलाउन गृहकार्य

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७४, शुक्रबार ०६:५५

काठमाडौं । नेपाल एसियाली विकास केन्द्र (सिनास)ले प्रकाशन गरेका जर्नललाई विदेशमा मान्यता दिनका लागि गृहकार्य शुरु गरेको छ ।
केन्द्रले सन् १९७३ देखि अहिलेसम्म अनुसन्धानमूलक ८५ अङ्क जर्नल प्रकाशित गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले यहाँबाट प्रकाशित जर्नल भारत, चीन र जापानमा मान्यता दिलाउनका लागि चाँडो समझदारी कायम गर्न लागिएको जानकारी दिनुभयो । समझदारी भएपछि ती देशबाट प्रकाशित जर्नललाई पनि नेपालमा मान्यता दिइनेछ ।
सन् १९६९ मा नेपाल अध्ययन केन्द्रका रुपमा स्थापित भई सन् १९७२ मा इन्स्टिच्युट अफ नेपाल एण्ड एशियन स्टडिजका रुपमा विकास भएको हो । सो संस्थाले हालसम्म करिब २०० अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेको छ ।
विभिन्न विश्वविद्यालयमा अध्ययन तथा अध्यापनमा संलग्न विद्वानका साथै अनुसन्धानकर्ता गरी १५० जनाको सामाजिक, मानव, इतिहासलगायत विषयका कृति केन्द्रले प्रकाशित गरेको छ ।
नेपालमा एशिया मामिलाको अध्ययन गर्ने र विज्ञ उत्पादन गर्ने उद्देश्यले सो संस्था स्थापना गरिएको भएपनि साधन तथा स्रोतको अभावमा जनशक्ति उत्पादन गर्न सकिएको छैन ।