६ बैशाख २०८१, बिहीबार
Follow Us

यस्तो छ एनआरएन यूकेको निर्वाचन तालिका

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७४, शुक्रबार ११:३५

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको चुनावको लागि निर्वाचन तालिका सार्वजानिक गरिएको छ । निर्वाचन समितिले विहीवार साँझ लण्डनस्थित हिमालय कल्वमा एक भेला गर्दै ४ हप्ते लामो निर्वाचन तालिका सार्वजानिक गरेको हो । निर्वाचन समितिद्धारा जारी तालिका अनुसार सदस्यहरुको पहिलो नामावली १९ अगष्ट साँझ ५ बजे प्रकाशन गरिने छ ।

यस्तै उम्मेदवारी दर्ताको समय २६ अगष्ट विहान १० बजे देखी १ बजे सम्म तोकिएको छ । ९ सेप्टेम्वरमा बेलायतका बिभिन्न क्षेत्रमा बुथ राखेर निर्वाचन गर्ने तयारी गरेको निर्वाचन समितिले जनाएको छ । यूकेको सबै क्षेत्रलाई समेट्ने गरि वेल्स, स्कटल्याण्ड र आयरल्याण्ड क्षेत्रमा भने निर्वाचन समितिले हुलाकबाट मतदान गर्न सक्ने प्रवन्ध मिलाउने भएको छ ।

निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष बनाउदे उदेश्यले निर्वाचन समितिले वेलायतस्थित गैरआवासीय नेपाली संघका अगुवाहरुसंग छलफल गरेको हो । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङ र निर्वाचन समितिका संयोजक डा. चन्द्र लक्छम्वाले छलफलमा उठेका जिज्ञाषाहरुको जवाफ दिएका थिए । कार्यक्रममा निर्वाचन समितिका सदस्य सचिव रामशरण सिमखडाले एनआरएन यूकेको निर्वाचन प्रंकृया र तयारीका बारेमा प्रकाश पारेका थिए ।
निर्वाचन सम्बन्धी विस्तृत विवरण

1

2

3