१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतबासी पोखरेली संगठित हुदैं

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७३, बिहीबार ११:२८

लण्डन । नेपालको पोखराबाट काम तथा अन्य व्यापारिक सिलसिलामा युके आई बसोवास गरेका नेपालीहरुलाई एकत्रित गर्ने, एकता, भाइचाराको विकास गर्ने र नेपालमा आवश्यक मानवीय सहयोग गर्ने उद्धेश्यले खोलिएको पोखरेली मञ्च युकेले विविध कार्यक्रम गर्दै आएको छ ।

यसै सन्दर्भमा २४ जुलाई आइतबार पोखरेली मन्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले मंन्चका संस्थापक अध्यक्ष रिटायर्ड क्याप्टेन चन्द्रबहादुर पुनलाई आजीवन सदस्य बनार्इ पोखरेली मन्च युकेको संगठनमा आजीवन सदस्यको खाता खोलेको घोषणा गरेका छन् ।

उक्त कार्यबाट पोखरेली मञ्च युकेप्रति बेलायतमा बसोबास गर्ने पोखरेली जनसमुदायको सकारात्मक सन्देश गएको अध्यक्ष मानप्रसाद गुरुङले बताए । पुनलार्इ अाजीवन सदस्यता दिएलगतै पोखरेली मञ्च युकेका संरक्षक सल्लाहकार नन्दकुमारी गुरुङ, उपाध्यक्ष अम्विका खड्का, उपाध्यक्ष बाचस्पति रेग्मी, महासचिव करम गुरुङ र होम गुरुङ पनि आजीवन सदस्य बनेका थिए ।

यो निर्णयबाट पोखरेली समाजसेवीहरु सदस्यता लीन उत्सुक भएका छन् । तीब्र गतिमा आजीवन सदस्य वितरण कार्य सुरु भएको मञ्चले जनाएको छ ।

प्रथम पोखरा कप सम्पन्न
त्यस्तैगरी ३१ जुलाई आइतबार ऐतिहासिक ‘प्रथम पोखरा कप’ ट्वान्टी-२० कप क्रिकेट प्रतियोगिताको पनि मञ्चले आयोजना गरेको थियो । सो खेलमा नवयुवा क्रिकेट टिम अल्डरसटले जितेको छ । सर्बप्रथम बिजय टिमलाई हार्दिक बधाई दिदैं प्रथम हुने टीमलाई संस्थापक अध्यक्ष रीटायर्ड क्याप्टेन चन्द्रबहादुर पुनले नगद पुरस्कार ६०० पाउण्ड प्रदान गरेका थिए ।
यस्तै दोस्रो हुन सपफल पोखरेली मञ्चको टीमलाई ३०० पाउण्ड पिपल मोर्गेजका डाईरेक्टर सुर्य गुरुङले प्रदान गरेका थिए ।

पोखरेली मञ्च युकेको आयोजनामा सम्पन्न ऐतिहासिक ‘प्रथम पोखरा कप’ ट्वान्टी-२० क्रिकेट प्रतियोगितालाई सफल पार्न सामाजिक अभियन्ताहरुले देखाएको अपार स्नेह, शुभेच्छा ,सहयोग र समर्थनप्रति पोखरेली मञ्च युके परिवार हृदयदेखि नै आभार प्रकट गरेको छ । सबैको हौसला र स्नेह मञ्चका निम्ति सधै प्रेरणा र उर्जाको रूपमा रहने मञ्चका अध्यक्ष गुरूङले बताए ।