१३ बैशाख २०८१, बिहीबार
Follow Us

सकियो १५औं विदेश मन्त्रिस्तरीय बिमस्टेक बैठक

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७४, शुक्रबार १५:०२

काठमाडौं । खुला व्यापार, ग्रिड इन्टरकनेक्सन, प्रविधि हस्तान्तरणजस्ता सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने निर्णयसहित १५ औं विदेश मन्त्रिस्तरीय बिमस्टेक बैठक सकिएको छ ।
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै व्यापार सहजीकरण, मोटर पारवहनलगायत सम्झौता यथाशीघ्र टुङ्ग्याउने, आतंकवाद तथा अपराध नियन्त्रणका लागि तयार भएका क्षेत्रीय अभिसन्धिमा हस्ताक्षर गर्ने र गरिबी निवारण कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय पनि भएको जनाएको हो ।
बिमस्टेकको कामलाई थप प्रभावकारी बनाउन उर्जा, वातावरण र संस्कृति केन्द्र यथाशीघ्र स्थापना गर्ने र भावी कार्ययोजनाको सुझाव दिन प्रबुद्ध समूह गठन गर्ने निर्णय पनि भएको छ ।
बंगलादेशका सहिदुल इस्लामलाई बिमस्टेकको महासचिव नियुक्त गर्ने निर्णय गरेको बैठकमा नेपालले उर्जा मन्त्रीस्तरीय बैठक सन् २०१९ मा आफूले आयोजना गर्ने प्रस्ताव गरेको थियो । बैठक हिजो सुरु भएको थियो ।