६ बैशाख २०८१, बिहीबार
Follow Us

द्रुत राजमार्ग आयोजना सेनालाई हस्तान्तरण

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७४, शुक्रबार १५:०७

काठमाडौं । सरकारले काठमाडौँ–तराई-मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरेको छ । सरकारले गत वैशाख २१ गते राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको थियो । नेपाली सेनाका तर्फबाट इन्जिनीयरिङ विभाग तथा आयोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाँण र सडक विभाग मातहत तत्कालीन आयोजना प्रमुख सत्येन्द्र शाक्यबीच बुझबुझारथ भई आयोजना हस्तान्तरण भएको घोषणा आज गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
निकै महत्वाकांक्षी आयोजनाका रुपमा रहेको द्रुतमार्ग आगामी चार वर्षभित्र निर्माण गरिने लक्ष्य राखिएको छ । आयोजनाको प्रारम्भिक लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ ।