१३ बैशाख २०८१, बिहीबार
Follow Us

लण्डनमा तीजको विशेष पूजा तथा नाचगान हुँदै

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७४, शुक्रबार २१:५५

पश्चिम लण्डनको साउथहलमा भव्य रूपमा सामूहिक तीज पूजा कार्यक्रम आयोजन गरिने भएको छ ।
बेलायतस्थित नेपाली पण्डितहरू सम्मिलित संस्था पशुपति केन्द्र नेपालले संयोजन गर्ने उक्त कार्यक्रममा बेलायतस्थित प्रायः सबै पण्डितहरूले सामूहिक रूपमा तीज पूजा गराउने कार्यक्रम छ । कार्यक्रममा पूजा र सांस्कृतिक नाचगानलाई सँगै लगिने संयोजक चिरन्जीवी ढकालले बताउनुभयो ।
साउथहलको लेडी मार्गरेट रोडस्थित विश्व हिन्दू मन्दिरमा आयोजना हुने उक्त पूजा कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गरिएको सहसंयोजक गोविन्द नेपालले बताउनुभयो । आयोजक पशुपति केन्द्रमा लण्डनको पश्चिमी बेल्टमा बसोबास गर्ने सबै पण्डितहरू संलग्न रहेको र केन्द्रले निकट भविष्यमैं नेपाली मन्दिर स्थापना गर्ने लक्ष्य बोकेको बताउँदै केन्द्रका महासचिब दुर्गा पोखरेलले यसमा साथ दिन सबैमा अनुरोध गर्नुभयो ।

केन्द्रले जारी गरेको विज्ञप्ति यस प्रकार छ :

ॐ श्री गणेशाय नम:
हरितालिका तिज २०१७ को सुवर्ण अवसरमा यही आउँदो भदौ ८ गते तदनुसार 24 August 2017 विहीवारका दिन सभ्य र भव्य रुपमा पूजा नाच गानका साथमा मनाइने भएकोले समस्त बेलायत बासी दिदी बहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ । पूजा सामग्रीहरू समारोह स्थलमा न्यूनतम मूल्य मा उपलब्ध गराइने र बिक्री बाट उठेको रकम नेपाली मन्दिर निर्माणमा लगाइने समेत जानकारी गराइन्छ ।
स्थान: 2 Lady Margaret Rd, Southall UB1 2RA
समय: बिहान १० बजे देखी साँझ ५:३० बजेसम्म
(10m – 05:30pm)
सम्पर्क:
पं. चिरञ्जीवि ढकाल 07946599795
पं. गोविन्द नेपाल 07946727164
पं. दुर्गाप्रसाद पोख्रेल 07882418890
पं. नारायण पौडेल (गाउँले) 07916733773
पं. शेखर काफ्ले 07402945383
श्री होमनाथ पौडेल 07888673660