८ बैशाख २०८१, शनिबार
Follow Us

उद्धार र राहतमा सक्रियता देखाउन प्रधानमन्त्रीको निर्देशन

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७४, शनिबार १३:३३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्वन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण बर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा तीसभन्दा बढीको मृत्यु भएपछि प्रधानमन्त्रीले उद्धार र राहतमा सक्रियता देखाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार विहानै बाढी–पहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखलाई सम्पर्क गरी विपतको चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरण लगायत हरतरहको सहयोग प्रदान गर्न निर्देशन दिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ ।

बाढी र पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र तिनका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै प्रधानमन्त्री देउवाले यो विपत्को घडीमा एक ढिक्का हुन सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन ।