१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राप्ती समाज युकेको वार्षिक भेला सम्पन्न

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७४, आईतवार ०६:४१

लन्डन । बेलायतमा बसोबास गर्ने राप्तीवासीहरुको संस्था, राप्ती समाज युकेको वार्षिक भेला गत २९ जुलाईमा लण्डन नजीकै क्याम्बर्लीमा भव्यरुपमा सम्पन्न भयो।
कार्यक्रमको शुरुमा संस्थाका सहसचिव धन रोकाले स्वास्थ्य एवम् सुरक्षा सम्बन्धी जानकारी दिनु भएको थियो। राप्ती समाज युकेको दश वर्ष पुरा भएको अवसरमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गोपाल थापा तथा समाजका अध्यक्ष हिक्मत सिं रोकाले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।

स्वागत मन्तव्य दिंदै समाजका उपाध्यक्ष केशर रोकाले समाजले प्रवासमा बसेर पनि आफ्नो भाषा, संस्कृति जोगाउनुका साथै नेपालमा राप्तीवासीको सुखदुखमा साथ दिंदै आएको बताउनुभयो।

निर्वाचन समितिका अध्यक्ष घमानसिं घर्तीमगरले नयाँ कार्यसमितिको घोषणा गर्नुकासाथै पदाधिकारी तथा सदस्यहरुको सफल कार्यकालका लागि शुभकामना दिनु भयो।
संस्थाको दश वर्षे इतिहासको समीक्षा गर्दै समाजका संस्थापक अध्यक्ष टिकासिं ठकुरीले समाजले अहिलेसम्म गरेका काम कारवाही र भविष्यको बारेमा संक्षेपमा प्रकाश पर्नु भएको थियो। सो कार्यक्रममा शैक्षिक क्षेत्रमा राम्रेा गर्ने बालबालिकाहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो।

सांगीतिक कार्यक्रमको सन्चालन समाजकी सांकृतिक सदस्य करिश्मा घर्ति र लक्ष्मी घर्ति मगरले गर्नु भएको थियो। सो कार्यक्रममा नेपालबाट आउनुभएका कलाकार जानकी तारमी मगरले सांगीतिक प्रस्तुति गर्नुभयो। त्यसैगरी बेलायतस्थित कलाकार विश्वदीप मगरले पनि भरपुर मनोरंजन गराउनु भयो।

सो अवसरमा बोल्दै समाजका अध्यक्ष हिक्मतसिं रोकाले आफुहरु केही लिन भन्दा समाजलाई केही दिन भनेर आएको बताउँदै समाज सबै राप्तीवासीको साझा मन्च भएको जनाउनुभयो। करिब ४०० जनाको सहभागिता भएको सो कार्यक्रमको सन्चालन समाजका सचिव दिनेश खड्काले गर्नु भएको थियो।
RSUK1