६ बैशाख २०८१, बिहीबार
Follow Us

अर्घाखांची समाज यूकेको अध्यक्षमा बालकृष्ण भुषाल

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७४, आईतवार ०९:३१

लन्डन । अर्घाखांचीबाट बेलायत आएर बसोवास गरेका नेपालीको एक भेलाले ‘अर्घाखांची समाज यूके’ गठन गरेको छ । शनिबार लन्डन साउथहयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा भएको पहिलो भेलाले बालकृष्ण भुषालको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा रामबहादुर आले र बीपी खनाल, सचिवमा तुंग भुषाल, सहसचिवमा ज्ञानेन्द्र राना, कोषाध्यक्षमा कमल पन्थी र सह(कोषाध्यक्षमा विमला आचार्य चयन गरेको छ ।

त्यसैगरि सदस्यहरुमा गीता शाही, केशव राना, सुशीला राना, अमिता बेल्बासे, तनबहादुर घर्ती, जितेन्द्र सुनार, अर्जुन भट्टराई र तारा राना चयन भएका छन् ।

भेलाले सल्लाहकार समेत मनोनित गरेको छ जसमा जीव बेल्बासे, याम राना, बुद्धि थापा, क्या वीरबहादुर थापा, पदम आचार्य र डा। दामोदर खनाल छन् । गोविन्द बेल्बासेलाई विधान कमिटीको जिम्मा दिइएको छ ।

अर्घाखांचीबाट बेलायत आइ विभिन्न क्षेत्रमा आवद्ध करिब ५ सय परिवार रहेको व्यवसायी एवं भेला आयोजकमध्ये एकजना बीपी खनालले जनाए ।

खनालसहित बालकृष्ण भुषाल, जीव बेल्वासे र तुंग भुषालको संयोजनमा भेला आयोजना गरिएको हो ।

आफ्नो जिल्लामा र बेलायतमा आपतविपत पर्दा सहयोग जुटाउन एवं भाइचारा अभिवृद्धिका लागि समाज गठन गरिएको अध्यक्ष भुषालले बताए ।