१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता’ पुरस्कार छनौट समिति गठन

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७४, आईतवार ११:३७

लण्डन । गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको अवसरमा यही अक्टोबर महिनामा प्रदान गरिने एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१७ को लागि छनौट समिति गठन गरिएको छ ।

पुरस्कारका लागि गठित कार्यदलको विहीवार लण्डनमा बसेको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टको संयोजकत्वमा तीन सदस्सीय छनौट समिति गठन गरेको हो ।

बैठकले कार्यदलको संयोजकमा भगिरथ योगीलाई तोकेको छ भने पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपांगीको संयोजकत्वमा पुरस्कार सम्बन्धी नियमावली मयौदा समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिले छिट्टै पुरस्कारका लागि सञ्चारमाध्यम र महासंघको सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्ने निर्णय समेत गरेको छ ।

एनआरएनए युके र नेपाल पत्रकार महासंघ युके शाखाको संयुक्त पहलमा स्थापित सो पुरस्कार हरेक दुई वर्षमा आयोजना हुने एनआरएन विश्व सम्मेलनका अवसरमा प्रदान गर्ने गरिन्छ ।

नेपालभित्र र प्रवासबाट एनआरएन अभियानसम्बन्धमा कलम चलाउने पत्रकारहरुलाई प्रदान गरिने सो पुरस्कारको राशी १ लाख १ हजार रुपियाँ छ ।

यसअघि गैरआवासीय नेपाली संघ यूकेले पत्रकारहरु भगिरथ योगी, चिरन शर्मा, नविन पोखरेल, संगिता मरहट्ठा, फडिन्द्र भट्टराई, नरेश खपांगी, नारायण गाउँले सदस्य रहेको एक समिति गठन गरेको थियो ।