११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन यूकेको पञ्जिकृत सदस्यमा तिमल्सिनाको अग्रता, सहमतिको लागि तयार छु : फगामी

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७४, मंगलवार ००:४१

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको ९ सेप्टेम्वरमा हुने अधिवेशनका लागि सोमवारसम्म पञ्जिकृत सदस्यको संख्या ३ हजार ६ सय २५ पुगेको छ ।

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङका अनुसार अनलाइनबाट सदस्यताका लागि आवेदकको संख्या १७ सय १३ पुगेकोे छ । फारम मार्फत बुझाएको १७ सय १३ गरि जम्मा ३६ सय २५ जना सदस्यताका लागि आवेदन दिएका छन् । बाँकी ५० जनाको आवेदन भेरीफाइ भएको छैन् ।

निर्वाचनमा उम्मेदवार बन्न र मतदान गर्न इच्छुकले आज साँझ १० बजे अगावै सदस्यता लिनुपर्ने समयसीमा एनआरएन यूकेले तोकेको थियो । संघको नेतृत्वका लागि आइसीसी सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय योगकुमार फगामी र हिराधन राईले दावी गरेका छन् ।

दावी
प्रत्यासी मध्यका एक कृष्ण तिमल्सिना निकटवर्तीका अनुसार ३ हजार ६ सय सदस्य मध्य बहुमत पन्जिकृत सदस्यहरु तिमल्सिना पक्षले बनाएको बताएको छ । तिमल्सिनालाई मिडल्याण्ड क्षेत्रबाट मात्र करिब ७ सय जना सदस्य साथ दिने अपेक्षा गरिएको छ । वेम्ली, ग्रिनफोड, फानबरो, पलमस्टेट, हन्स्लो, सलाउ लगायतको क्षेत्रबाट तिमल्सिनाको पक्षमा उल्लेख्य रुपमा सदस्यहरु बनेका छन् ।

गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी योग कुमार फगामीले सोमवार साँझ सम्म प्राप्त सदस्यको संख्याबाट आफु सन्तुष्ट रहेको बताए । उनले नेपालब्रिटेन डट कमसंग भने ‘म दिन भरि आयरल्याण्डको बिषयमा बैठकमा व्यस्त भए साथीहरुले कति सदस्यता जम्मा गरे अहिले नै भन्न सक्दिन तर म पूर्ण रुपमा आशावादी छु’ ।

उनले नेतृत्वको लागि आफु सहमतिको लागि तयार रहेको समेत वताए । सहमति गर्ने कुरा निकै राम्रो हो सवै पक्षबाट मिलेर जाने कुरा आयो भने म सहमतिका लागि बाधक बन्दिन्’ ।
नयाँ शिराबाट अगाडी बढौं — राई

अध्यक्षको लागि अर्का प्रत्यासी हिराधन राईले संघलाई साझा र आत्मीय संस्था बनाउन नयाँ शिराबाट अघि बढ्नु पर्ने वताएका छन् ।
सोमवार अवेर आफ्नो फेसबुक टाइमलाइन मार्फत राईले नेपाली बीचको एकतामा जोड दिएका छन् ।
उनले लेखेका छन ‘एनआरएनलाई सबै नेपालीको साझा र आत्मीय संस्था बनाउनका लागि अब नयाँ शिराबाट आगाडि बड्नु पर्छ भन्ने मेरो निष्कर्ष हो । एनआरएनको उद्देश्यलाई प्राथमिकतामा राख्दै अब हुने एनआरएन यूकेको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रतिबद्धता सार्वजनिक गर्न चाहन्छु । मेरो घोषणा पत्रको मर्म नै हरेक नेपालीबीच एकता हो । हामीमाँझ विविधतामा एकता छ, जसलाई म एकताको संकेत भनेर सम्बोधन गर्न चाहन्छु ।’

आइसीसी सदस्य लगायतका पदका लागि दर्जनभन्दा बढी आकांक्षीले उम्मेदवारी घोषणा गरेका छन् । संघको आइसीसी सदस्यका लागि वेलायतबाट ३ जनाले प्रतिनिधत्व गर्ने भएका छन् ।