१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेविसङ्घमा १६ जना अध्यक्षका दाबेदार

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७३, बिहीबार १४:२४

काठमाडौं । आइतबारदेखि काठमाडाँैमा सुरु हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ११आँै राष्ट्रिय महाधिवेशनमा १६ जना अध्यक्षका आकाङ्क्षी देखिएका छन् ।
नौ वर्षपछि हुन थालेको नेविसङ्घको महाधिवेशनमा नयाँ नेतृत्वका लागि नैनसिंह महर, मनोजमणि आचार्य, कुन्दनराज काफ्ले, दीपक भट्टराई र जितजङ्ग बस्नेतले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यसैगरी सरोज थापा, नीलकण्ठ रिजाल, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, रत्न कार्की, राजीव ढुङ्गाना, क्षितिज भण्डारी, लक्ष्मण आचार्य, अमृत पन्थी र दीपक भण्डारी पनि आकाङ्क्षी देखिनुभएको छ ।
नेविसङ्घका प्रवक्ता युपी लामिछानेले धेरै वर्ष महाधिवेशन र स्ववियु निर्वाचन नभएका कारणले अध्यक्षको आकाङ्क्षी धेरै देखिएको बताउनुभयो । विसं २०६४ यता नेविसङ्घको महाधिवेशन हुन सकेको छैन । छ महिनाभित्र २०६८ साल फागुनमा महाधिवेशन गराउन जिम्मा पाउनुभएका अध्यक्ष रञ्जित कर्णले पटक पटक महाधिवेशन गराउन खोज्दा असफल हुृनुभएको थियो । यही साउन २३ देखि २५ गतेसम्म भृकुटीमण्डपमहुने महाधिवेशनले १६१ कार्यसमिति चयन गर्नेछ ।