१३ बैशाख २०८१, बिहीबार
Follow Us

साइप्रसमा २२ वर्षीया नेपाली युवतीको शंकास्पद मृत्यु

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७४, मंगलवार ०८:२४

साइप्रसको परालिम्नीमा अचेत अवस्थामा भेटिएकी २२ वर्षीया नेपाली युवतीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ। विदा मनाउन गएकी ती युवती आइतबार साँझ स्विमिङ पुलमा अचेत भेटिएकी थिइन्।

गैरआवासीय नेपाली संघ साइप्रसले मृत्त युवती रामेछाप जिल्लाकी यमुना खपांगी मगर रहेको जनाएको छ। साइप्रस समाचार

एजेन्सी साइपोर्न सिग्मल नेटवर्कका अनुसार मृत्त मगरलाई उनीसँगै कार्यरत साथीहरूले अचेत अवस्थामा फेला पारेका थिए। तत्कालै एम्बुलेन्स बोलाए नजिकैको अस्पताल लगिएपनि उनको मृत्यु भएको एजेन्सीले जनाएको छ।