१५ बैशाख २०८१, शनिबार
Follow Us

नेप्लीज डक्टर्स एसोसियसन युकेद्वारा सहयोगका लागि अपील

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७४, मंगलवार ०८:४१

लन्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेले नेपालमा गत साता आएको भीषण बाढी तथा पहिरोबाट पीडित जनताहरुसम्म राहत पुराउन सहयोगका लागि अपील गरेको छ । “नेपालमा भारी वर्षातले गर्दा आएको बाढीले लाखौं मानिसहरु प्रभावित भएका छन्। उनीहरुलाई तत्काल खानेकुरा, सफा पिउने पानी र औषधिको आवश्यकता छ। त्यसैले ब्रिटेनमा रहनु भएका स्वास्थ्यकर्मीहरु तथा सबै नेपाली समुदायमा हामी सहयोगकालागि आहवान गर्दछौं,” एसोसियसनका अध्यक्ष डा. शबीन जोशीले भन्नुभयो ।
http://mydonate.bt.com/events/nepalfloodrelief2017/446291 मा गएर सहयोग गर्न सकिने पनि एसोसियसनले जनाएको छ।
दुई वर्ष अघि नेपालमा गएको विध्वंशकारी भूकम्पको बेला पनि नेप्लीज डक्टर्स एसोसियसन युकेले भूकम्प प्रभावित इलाकाहरुमा चिकित्सकहरुको टोली पठाउनुकासाथै औषधि तथा अन्य अत्यावश्यक सामग्रीहरु वितरण गरेको थियो।