२६ बैशाख २०८१, बुधबार
Follow Us

सैनिकद्वारा सैनिककै गोली हानी हत्या

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७४, मंगलवार ०८:४३

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–६ वैदामस्थित रत्नमन्दिरमा सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक प्युठले अर्का प्युठलाई गोली हानी हत्या गरेको छ ।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार प्युठ वसन्त लोहारले आफ्नै साथी गणेशसिंह विष्टलाई आज बिहान ४:३० बजे गोली प्रहार गरेका थिए ।
गोली लगेर गम्भीर घाइते भएका विष्टको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । आपसी रिसिबीका कारण लोहारले आवेगमा आएर गोली हन्दा उक्त घटना भएको नेपाली सेनाका प्रवक्ता झङकरबहादुर कडायतले जानकारी दिनुभयो । नेपाली सेनाले अभियुक्त लोहारलाई निगरानी राखेर अनुसन्धान शुरु गरेको जनाएको छ ।