१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूरोप संयोजकमा थर्क सेनले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७४, मंगलवार ०९:५०

लण्डन । गैरआवासीय नेपाली संघको यूरोप संयोजकमा थर्क सेनले उम्मेदवारी दिने भएका छन् । संघको अक्टोवर महिनाको दोस्रो साता काठमाण्डौमा हुने विश्व सम्मेलनमा सेनले आफ्नो उम्मेदवार दिने घोषणा गरेका हुन् ।
सेनले गैरआवासीय नेपाली संघको अभियानमा लामो समय सम्म सकृय रहेको र बिभिन्न पदमा काम गरेको अनुभवको आधारमा आफु उम्मेदवारी दिने निचोडमा पुगेको नेपालब्रिटेन डट कमसंग वताए । उनी अहिले गैरआवासीय नेपाली संघको स्किल नलेज तथा एनोभेसन समितिको सदस्य छन् ।
पुख्र्यौली घर स्याङ्जा, स्थायी घर बुटवल भएका सेन सन् १९८७ मा भर्ती भई २००३ मा अवकाशपश्चात् वेलायतको फानवरोमा परिवारसँग बस्दै आएका छन् । अवकाशपछि स्थायीरुपमा बेलायत बस्दै आएका सेन बेलायतस्थित बिजिडब्लुएस, ठकुरी समाज, स्याङ्जाली समाज, बुटवल समाज र नम्बरी समाजमा आबद्ध हुँदै एनआरएन यूकेको २००७ मा सदस्य, २००९ मा कोषाध्यक्ष, २०११ देखि उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।